मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा भएको हत्या काण्डमा संलग्न थप २ जना फरार अभियुक्तहरू पक्राउ परेका छन ।

पछिल्लो समय सो हत्या काण्डमा मोरङ रंगेली नगरपालिका वडानम्बर ३ आमतोलाका २२ बर्षिय मोहमद सुभाम र सुनसरी देवानगञ्ज गाउँपालिका वडानम्बर ६ जिरोगवाका १८ बर्षिय मोहमद हकिम रहेका छन । सुभामलाई रंगेलीबाट र हकिमलाई देवानगञ्ज सिमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनपालथान ७ को उखुबारीमा माघ १२ गते भएको हत्याकाण्डमा उनिहरुको समेत संलग्ता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले बताउनुभयो । थप केहि ब्यक्तीहरुको खोजी कार्य जारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सुभाम र हकिमसंगै सो घटनामा पक्राउ पर्नेको संख्या ५ पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालयले माघ २१ गते पत्रकार सम्मेलनको आयोजनागर्दै सो घटनामा संलग्न ३ जना अभियुक्तहरुलाई सार्वजनिक गरिसकेको छ । प्रहरीले सो घटनाका मुख्य योजनाकार तथा अभियुक्तका रुपमा सिरहा नगरपालिका वडानम्बर १२ स्थायि घरभइ काठमाण्डौ बल्खु बस्दै आएका भएका ३१ बर्षिय अनिल कुमार मण्डललाई सार्वजनिक गरिसकेको छ । मण्डलसंगै प्रहरीले मोरङको जहदा गाउँपालिका वडानम्बर ४ सिस्बनीका २९ बर्षिय अमित साह भनिने दिनानाथ सोनार र मोरङकै धनपालथान गाउँपालिका वडानम्बर ७ कमलपुर पश्चिमटोल बस्ने ६२ बर्षिय नासिर आलमलाई समेत सार्वजनिक गरिसेको छ ।

माघ १२ गते प्रहरीले धपालथान ७ को उखुबारीमा खाडलमा पुरिएको अवस्थामा सप्तरी शम्भुनाथ नगरपालिकाका ३२ बर्षिय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका वडानम्बर स्थायी घर भई भक्तपुर लोकन्थली बस्दै आएका ४८ बर्षिय राजेन्द्र कुमार श्रेष्ठको शव बरामद गरेको थियो ।

सो घटनामा कमिसनको रकम एक्लै खाने लोभमा अनिलकुमार मण्डलको योजनामा धनपालथानमा २ जना र मंसिर २८ गते तेह्रथुम सक्रान्ति वडानम्बर २ घर भएका ६३ बर्षिय मोहन लिम्बुको समेत हत्यागरि काठमाण्डौ महानगरापलिकाको वडानम्बर १२ ठेचोमा खाडल खनी पुरेको अवस्थामा शव भेटिएको थियो ।

सम्बन्धित खबरहरु