३२ औैं विश्व आदिवासी दिवसको अवसरमा कटहरीमा साँस्कृतिक पहिचान सहितको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कटहरीको आयोजनामा कार्यक्रम गरिएको हो । कटहरी ५ स्थित बाँतर साँस्कृतिक भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा थारु, नेवार, संथाल र राजबंशी सहितका आदिवासी समुदायले सहभागीता जनाएका छन ।

सो अवसरमा कोच राजबंशी समुदायले भक्का पकाउने पारम्परिक विधि प्रदर्शन गरेका थिए भने विराट राजबंशीले ओखलीमा च्युरा बनाउने, गनगाईले चामलको भुजा तथा मुडियारी समुदायले स्थानिय घाँसपातबाट कुचो तथा गुन्द्री बनाउने कला प्रस्तुत गरेका थिए । सो अवसरमा आयोजित औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासीहरुको भाषा, संस्कृति तथा पहिचान संरक्षणका निम्ति राज्यका तिनवटै तहहरुले थप पहल गर्नुपर्ने बताएका थिए ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले गाउँपालिकाले आदिवासीको पहिचान संग जोडिएको ग्रामथानको संरक्षणको कार्य गर्नुका साथै आदिवासी समुदायको भाषा संस्कृति संरक्षणका निम्ति आवश्यक वाद्यवादन, पोशाक वितरण र विविध कार्यक्रम गर्दै आएको बताउनुभयो ।

default

त्यसअघि विभिन्न आदिवासी जातिय समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकी निकालिएको थियो । सो क्रममा नेवार समुदायको मौलिक लाखे नाचसहित थारु समुदायको धामी किर्तन लगायत पहिचान झल्किने विविध प्रस्तुति झाँकीमा प्रदर्शन गरिएको थियो । कटहरी गाउँपालिकामा सुचिकृत रहेका विभिन्न १७ वटा आदिवासी समुदायको सहभागिता गराएर कार्यक्रम गरिएको नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कटहरीका सभापति दिलिप कुमार माझीले जानकारी दिनुभयो ।

उहाँले नयाँ पुस्ता परम्परागत मौलिक सीप र कलाकौशलका विषयमा जानकार होउन भन्ने उद्धेश्यले खानपान तथा जीवनयापनसंग जोडिएका आदिवासी समुदायका कलाकौशल तथा सीपको प्रदर्शनी समेत आयोजना गरिएको जानकारी दिनुभयो ।

default

सम्बन्धित खबरहरु