असोज २१ । नेपाली कांग्रेसको काठमाडौँमा जारी १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ४ बाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित स्थापित सामाजिक तथा सांस्कृतिक अभियन्ता पंकज कुमार वर्माले केन्द्रीय सदस्य (मधेसी कोटा) पदमा आफ्नो सशक्त उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगर–२ का स्थायी बासिन्दा वर्माले २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट आफ्नो राजनीतिक यात्रा सुरु गरी साढे तीन दशकदेखि लोकतान्त्रिक आन्दोलन र कांग्रेसको सांगठनिक श्रीवृद्धिमा अहोरात्र खटिएका निष्ठावान नेता हुन् ।

यसअघि १४ औँ महाधिवेशनमा मोरङ जिल्ला सदस्य पदमा अत्यधिक मतका साथ निर्वाचित भई जिल्ला तथा प्रदेशका विभिन्न तहमा संगठन निर्माणमा महत्वपूर्ण योगदान पु¥याइसकेका वर्मा केवल एक समर्पित राजनीतिज्ञ मात्र नभई मैथिली भाषा, संस्कृति र सामुदायिक उत्थानका निष्ठावान संवाहक समेत हुन् ।

मैथिली भाषाको उत्थानमा क्रियाशिल प्रतिष्ठित तथा ऐतिहासिक संस्था ‘मैथिली विकास अभियान’को लामो समयसम्म सफल नेतृत्व गरिसकेका उनी हाल मैथिली एसोसिएसन नेपालको केन्द्रीय उपाध्यक्ष तथा लायन्स क्लब्स इन्टरनेसनल ३२५ ‘सी’ मार्फत सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन् ।

कोरोना महामारीका बेला ज्यानको पर्वाह नगरी अग्रपंक्तिमा खटिएर राहत वितरण र जनसेवामा अतुलनीय भूमिका निर्वाह गरेका निर्भीक, सरल र सहयोगी स्वभावका वर्मा विशेष गरी युवा पुस्तामा अत्यन्त लोकप्रिय छन् । पार्टीलाई वैचारिक रूपमा सबल, समावेशी र गतिशील बनाउन केन्द्रीय तहमा धरातलीय यथार्थ बुझेका इमानदार नेतृत्वको आवश्यकता महसुस गर्दै महाधिवेशन प्रतिनिधिहरूमाझ उनको उम्मेदवारीले ठूलो उत्साह र तरङ्ग पैदा गरेको छ ।

उनको उम्मेद्वारीले कांग्रेसभित्र मधेसी समुदायको अधिकार, मैथिली भाषा–संस्कृतिको पहिचान र निष्ठावान कार्यकर्ताको न्यायोचित प्रतिनिधित्वलाई थप उचाइमा पु¥याउने निश्चित देखिन्छ ।

नेपाली काँग्रेसको काठमाण्डौमा जारी माहाधिवेशनमा असोज २२ गते २११ सदस्यिय केन्द्रीय कार्यसमितिका निम्ति निर्वाचन हुने तालिका छ ।

सम्बन्धित खबरहरु