विराटनगर–११ स्थित रौनियार सेवा समाजले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १ लाख बढी राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

रसुवाका बाढी पीडितलाई सहयोगगर्ने उद्धेश्यले समाजले प्रधानमन्त्री राहत कोषमा १ लाख १ सय ११ रुपैया नगद सहयोग उपलब्ध गराउने भएको हो । रौनियार सेवा सदनमा आयोजित कार्यक्रमकाबिच संस्थाका अध्यक्ष उपेन्द्र साह रौनियारले प्राकृतिक विपत्तिका कारण सयौं ब्यक्तीले ज्यान गुमाउनुका साथै हजारौं ब्यक्ती पीडित हुनुका साथै देशले खर्बौको क्षति बेहोर्नु परेको दुखद अवस्थालाई मध्ये नजर गरेर सहयोग रकम उपलब्ध गराउन लागिएको बताउनुभयो ।

उहाँले रौनियार समाज आबद्ध पदाधिकारी तथा सदस्यहरुबाट संकलित रकम मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत आजै प्रधानमन्त्री कोषमा पठाइने जानकारी दिनुभयो ।

यसैबिच समाजले रगतको हुन सक्ने अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । समाजले नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा आफ्नै कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रमको विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानले उद्घाटन गर्नुभयो । कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरुले रक्तदान गरेको कार्यक्रम संयोजक रंजित गुप्ता रौनियारले जानकारी दिनुभयो । सो क्रममा १७ पिन्ट रक्त संकलन भएको जनाईएको छ ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामनरेस साह रौनियार सहित महासचिव शम्भु प्रसाद रौनियार,उपाध्यक्षद्वय शिवनारायण गुप्ता,गोपालप्रसाद गुप्ता,सचिव दिपेन्द्र रौनियार,सहसचिव रामनाथ रौनियार,कोषाध्यक्ष मनिष रौनियार लगायत संस्था आबद्ध कन्हैयालाल साह,उमेश प्रसाद रौनियार,अवधेश गुप्ता रौनियार र जमिरा रौनियार लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु