फागुन ५ । विराटनगरस्थित लाईफ गार्ड अस्पतालले पाचन प्रणालीसंग सम्बन्धित रोगका विज्ञ एवं अनुभवी चिकित्सक डा.मोहन खड्कालाई भित्र्याएको छ ।

अस्पतालले आज एक औपचारिक कार्यक्रमको आयोजनागरि डा.खड्कालाई स्वागत गरेको हो । कार्यक्रमकाबिच अस्पतालका अध्यक्ष डा.शिवराजा र कार्यकारी निर्देशक ईन्द्र भुजेलले डा.खड्कालाई खादामाला सहित स्वागत गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै निर्देशक भुजेलले पाचन प्रणालीसँग सम्बन्धित रोगहरूको विशिष्ट उपचार सेवा प्रदानगर्ने उद्देश्यले लाईफ गार्ड अस्पतालले अनुभवी चिकित्सक डा. मोहन खड्कालाई आफ्नो टोलीमा भित्र्याएको बताउनुभयो ।

उहाँले लामो समयदेखि पाचन प्रणालीको उपचारमा विशेषज्ञता हासिल गर्नुभएका डा. खड्काको आगमनलाई अस्पतालको लागि ठूलो उपलब्धि भएको दाबी समेत गर्नुभयो । डा. खड्का २२ वर्षदेखि पाचन प्रणाली सम्बन्धी रोगहरूको उपचार सेवामा क्रियाशिल हुनुहुन्छ । उहाँले यसअघि विराटनगरको नोवेल अस्पताल र श्री अस्पतालका साथै माल्दिभ्समा समेत तीन वर्ष सेवा प्रदान गरिसक्नु भएको कार्यक्रममा बताईएको थियो ।

सो अवसरमा बोल्नुहुँदै डा.खड्काले पाचन प्रणालीसंग सम्बन्धित कतिपय रोगको उपचारकानिम्ति विरामीहरु भारत सहितका विभिन्न देश जाँदै आएकोमा आफुले विराटनगरमा बसेर बिष्टिकृत सेवा उपलब्ध गराउने उद्धेश्यसहित लाईफगार्डसंग आबद्ध भएको बताउनुभयो ।

अस्पतालले डा.खड्कालाई भित्र्याएसंगै पाचन प्रणालीको उपचारकालागि विशेष उपकरणहरू खरिद गर्न १ करोड बढी रुपैयाँको आधुनिक उपकरण समेत खरीद गरेको जनाईएको छ । सो रोगको उपचार सेवा संचालनका निम्ति डा.खड्काको नेतृत्वमा अस्पतालले छुट्टै डेस्क समेत स्थापना गरेको अस्पतालले जनाएको छ ।

डा.खड्काले वास्तविक विपन्न तथा असहाय विरामीहरुलाई आफुले सक्दो निशुल्क सेवा समेत उपलब्ध गराउने बताउनुभएको छ ।

सम्बन्धित खबरहरु