विराटनगरका लोहार समुदायले जातिय पहिचान झल्किने साँस्कृतिक झाँकी निकाल्ने निर्णय गरेका छन ।

विश्वकर्मा लोहार सेवा समितिको शनिवार बसेको बैठकले आउदो भदौ २१ गते विराटनगरमा आयोजनाहुने श्री राधाकृष्ण रथयात्रा समारोहमा झाँकी निकाल्ने निर्णय गरेको हो । समितिले स्थानिय भरत ठाकुरको अध्यक्षतामा २३ सदस्यिय रथयात्रा झाँकी ब्यवस्थापन समिति समेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रेश्वर ठाकुर,सचिव टेकनारायण ठाकुर,सहसचिव रबिन ठाकुर र कोषाध्यक्षमा दिनेश ठाकुर रहनु भएको छ । यसैगरि सदस्यहरुमा सुभाष ठाकुर,प्रमोद ठाकुर र दिपक ठाकुर लगायत छन । रथयात्रालाई सफल बनाउन तथा लोहार समुदायको जातिय पहिचान झल्काउन पहिलो पटक सांस्कृतिक झाँकी निकाल्न लागिएको अध्यक्ष भरत ठाकुरले जानकारी दिनुभयो ।

उहाँले झाँकीमा लोहार समुदायका ईष्टदेव विश्वकर्मा भगवानको प्रतिमुर्ति सहित ५ सय किलो तौलको भाथी र सय किलोको हथौडा प्रर्दशन गरिने जानकारी दिनुभयो । लोहार समुदायले फलाम गाल्न भाथीबाट कोईलामा आगो सल्काउने काम गर्छन । यो उनिहरुले प्रयोगगर्ने मुख्य पारम्परिक उपकरण हो । झाँकीमा समुदायको ब्यावसायिक औजारका साथै मौलिक भेषभुषा समेत प्रर्दशन गरिने समितिले जनाएको छ ।

विराटनगर महानगरपालिकामा लोहार समुदायका ५० घरधुरी रहेको विश्वकर्मा लोहार सेवा समितिका मोरङ अध्यक्ष सुभाष ठाकुरले बताउनुभयो ।

सम्बन्धित खबरहरु