कटहरी २३ साउन । नेपालकै पहिलो क्लब लायन्स क्लब अफ विराटनगरले आफ्नो स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम आयोजना गरेको छ ।
सो क्लबले स्थापनाको ५३ औं बर्षको अवसरमा विविध कार्यक्रम सहितको साताब्यापी कार्यक्रम आयोजना गरेको हो । २०२८ श्रावण २४ गते विराटनगर लायन्स क्लबको स्थापना भएको थियो । यस क्लबको पहिलो अध्यक्ष पुर्व प्रधानमन्त्री स्वर्गिय मातृका प्रसाद कोईराला हुनुहुन्थ्यो ।
साताब्यापी कार्यक्रम अन्र्तगत पाँचौ कार्यक्रमको रुपमा मंगलबार रक्तदान शिवीर तथा स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरिएको छ । कटहरीस्थित क्वालिटि थाई फ्ड्समा आयोजना गरिएको रक्तदान शिवीरमा १ सय २३ जनाले रक्तदान गर्नुका साथै सय बढी ब्यक्तीले सुगरप्रेशरको परीक्षण गराएको क्लबका अध्यक्ष हेमन्त मारुले जानकारी दिनुभयो ।
क्वालिटी थाई फुड्सको सहयोगमा शिवीर आयोजना गरिएको हो । नेपालमा हाल १८ सय बढी क्लबहरु रहेको तथा ४० हजार बढी सदस्यहरु सेवाको क्षेत्रमा सक्रिय रहेको लायन्स क्लबका पुर्व गर्भनर फुलकुमार लालवानीले जानकारी दिनभयो । ति क्लबहरु मध्ये विराटनगर लायन्स क्लबको गरिमा महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।
लायन्स विराटनगरले साताब्यापी कार्यक्रम अन्र्तगत भेडेटारमा बृक्षारोपण गर्नुका साथै वडानम्बर १८ मा आँखा शिवीर आयोजनागरि ३५ जनाको निशुल्क मोतियाबिन्दु अप्रेसनको ब्यवस्था मिलाएको छ । यस्तै विराटनगरकै आमाको माया छात्रावास तथा महिला जागृति केन्द्रमा १ लाख नगद सहित खाद्यान्न उपलब्ध गराएको जनाईएको छ ।
भोली बुधबार मानव सेवा आश्रमका आश्रितकालागि भोजनको ब्यवस्था गर्नुका साथै क्लबको आफ्नै भवन परिसरमा स्थापना दिवस बिशेष कार्यक्रम गरिने क्लबका पुर्व अध्यक्ष राजेश लखौटियाले जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्व अध्यक्ष नन्द किशोर राठी,प्रकाशभक्त जोशी आ घनश्याम काबरा लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।