विराटनगर । मैथिली अनलाइनले दर्शक श्रोतामाझ नयाँ गीत ल्याउने तयारी गरिरहेको छ ।
नवीन कर्णको शब्द तथा शैलेन्द्र विश्वकर्माको संगितमा एउटा नयाँ गीत हालै रेकर्ड गरिएको छ । ‘चमचम चमकौ गोरी रुपके ईजोरिया’ बोलको सो गीत राजविराजमा रेकर्ड गरिएको छ । साउन ३ गते रेकर्ड गरिएको गीतमा सुप्रशिद्ध गायक मिथिलापुत्र भागवत मण्डल र ज्योती विश्वकर्माले स्वर दिएका छन ।
राजविराजको माहाकाल डिजिटल स्टुडियोमा गीतको रेकर्डिङ गरिएको छ । रेकर्डिस्ट प्रकाश शर्माले यस गीतलाई रेकर्ड गर्नुभएको हो । संगितकार शैलेन्द्र विश्वकर्माले रेकर्ड गरिएको मेलोडियस प्रेम गीतले बिशेषगरि युवा जोडी सहित सबैको मन छुने विश्वास ब्यक्त गर्नुभयो ।
गायिका ज्योतीले हालसम्म मैथिली सहित विभिन्न भाषाभाषिका गरि १ सय ५० बढी गित र गायक मण्डलले ३ सय बढी गीतमा स्वर दिईसकेका छन । मैथिली अनलाइनले यसअघि निर्माण गरेको ‘दिल तोडनी’,‘नगिनिया’ र ‘कोन जनमके गीतमा समेत मण्डलले स्वर दिएका छन । ति सबै गीतहरु लोकप्रिय भएका छन । गायिका ज्योतीले भने मैथिली अनलाइनकालागि पहिलोपटक स्वर दिएकी छिन ।
आउदो केहिदिनमा गीतको छायांकनगरि मैथिली अनलाइनको युट्यूबमा गीत सार्वजनिक गरिने अनलाइन संचालक नवीन कर्णले जानकारी दिएका छन ।