विराटनगर १ साउन । मिथिला आर्टलाई प्रर्बधनगर्ने उद्धेश्यसहित ‘मैथिल चित्रकला टू प्वाईन्ट जीरो’ प्रतियोगिता आयोजना गरिने भएको छ ।
मैथिली विकास अभियानको आयोजनामा प्रतियोगिता आयोजनागर्न लागिएको हो । प्रतियोगितामा नेपालभरिका चित्रकारहरुले सहभागिता जनाउन पाउने छन । सहभागिताकालागि आयोजक समितिले अनलाईनबाट रजिष्ट्रेशन शुल्क जम्मा गर्नसक्ने प्रबन्ध गरेको छ । जस्कालागि १९९ रुपैयाँ शुल्क तोकिएको छ ।
असार २७ गतेदेखी साउन ६ गतेसम्म अनलाइन रजिष्ट्रेशन गर्न सकिने छ । रजिष्ट्रेशनपछि सहभागिले बनाएका चित्रकला सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाटै आयोजक संस्थामा जम्मा गराउनुपर्ने छ । प्रतिस्पर्धाकालागि आएका चित्रकला मध्ये माईपे को अनलाईन भोटिङबाट उत्कृष्ठ २० छनौट गरिने छ ।
उत्कृष्ठ छनौट भएकाबाटै निर्णायक मण्डलले बिजेता र उपबिजेता छनौट गर्ने प्रतियोगिताका संयोजक राहुल कर्णले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने बिजेताले ६,५०१ र उपबिजेताले २,५०१ रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्ने छन भने अत्यधिक रुचाईएका प्रतिस्पर्धिलाई जोनसन अक्वाको तर्फबाट बिशेष उपहार प्रदान गरिने छ ।
यस्तै प्रतियोगितामा सहभागि सबै प्रतिस्पर्धिलाई प्रमाणपत्र उपलब्ध गराईने आयोजक समितिले जनाएको छ । अभियानको आयोजनामा विराटनगरमा दोश्रो संस्करणको प्रतियोगिता आयोजनागर्न लागिएको हो । यसअघि बितेको बर्ष समेत यसै प्रकारको प्रतियोगिता आयोजना गरिएको थियो ।
यसबर्षको प्रतियोगिता आयोजनामा जोनसन अक्वा वाटर प्युरिफिकेशन सिस्टम र माई पे एपले सहयोगिको भुमिका निर्वाह गरेको छ । यस्तै मैथिली अनलाइन प्रतियोगिताको मिडिया पार्टनर रहेको छ ।
यस लिंकमा क्लिक गरेर अनलाइन फार्म प्राप्त गर्न सकिन्छ ।