विराटनगर २४ असार । तेली कल्याण समाज नेपालको विराटनगर वडानम्बर ११ तथा वडानम्बर १,२,३ को संयुक्त भेलाले नयाँ कार्य समितिहरु चयन गरेको छ ।

विराटनगर महानगर तदर्थ समितिका संयोजक सञ्जय साह तथा समाजका जिल्ला अध्यक्ष डाक्टर बालकृष्ण साहको प्रमुख अथित्यमा वडा भेलाहरु सम्पन्न भएको हो । वडानम्बर ११ को भेलाले बुद्धिलाल साहको अध्यक्षतामा १३ जना पदाधिकारीहरु र ५ जना सल्लाहकार गरी १८ जनाको समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भोला साह, सचिवमा नारायण साह, कोषाध्यक्षमा अभिषेक साह, र सदस्यहरुमा रामजी साह, शिबु कुमार साह, बैजु कुमार साह, आकाश साह, भरत साह कुमार साह, मनोज कुमार साह, अमोद कुमार साह र मनोज कुमार साह रहेका छन । त्यसैगरि सल्लाहकारहरुमा शिव नारायण साह, चन्द्र नारायण साह, अवध बिहारी साह, देवदयाल साह र मन्टु साह रहेका छन ।

त्यसैगरि बडा १,२ र ३ को संयुक्त भेलाले वडा १ मा पुष्पकुमार साहको अध्यक्षतामा ११ जना पदाधिकारीहरु र वडानम्बर २ र ३ को संयुक्त समितिमा निसान्त कुमार साहको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन गरेको छ । वडानम्बर १ को उपाध्यक्षमा संजित कुमार साह, सचिवमा संजय साह, सह–सचिवमा द्वारिका प्रसाद साह, कोषाध्यक्षमा सरित साह, र सदस्यहरुमा विजय साह, मिलन साह, प्रमोद कुमार साह, चन्द्र किसोर साह र अन्य २ जना मनोनित गर्ने गरि गठन गरिएको छ ।

वडानम्बर २ र ३ को संयुक्त समितिका उपाध्यक्षमा खषेश्वर प्रसाद साह र सचिवमा ललन साह चयन भएका छन । अन्य पदाधिकारीहरु आगामी दिनमा मनोनित गरिने अध्यक्ष निसान्तले बताए । वडानम्बर १ को सल्लाहकारहरुमा चन्द्र किसोर साह तथा २ र ३ का सल्लाहकारहरुमा नन्दगोपाल साह, प्रभाकर साह र वैद्यनाथ साह रहेका छन । वडा २ र ३ मा तेली समुदायको जनसंख्या केहि कम रहेको र संयुक्त समिति नै प्रभावकारी हुने भएकाले संयुक्त भेला राखि गठन गरिएको तर्दथ समिति सदस्य नन्दगोपाल साहले बताए ।

जेठ १५ मा सञ्जय साहको संयोजकत्वमा महानगर अधिवेशन तयारी समिति (तदर्थ समिति) गठन लगतै समाजले विराटनगरका वडा अधिवेशनहरुमा सक्रियता बढाएको छ । श्रावण महिनामा सबै वडा समिति गठन गरेर नगर अधिवेशन गरिने तर्दथ समितिका सदस्य सचिव जगतलाल साहले बताए ।

यस अघि वडा ५ मा सुरेश साह, वडा ६ मा रामप्रसाद साह, वडा ८ मा अलिपचन साह (सुरज), वडानम्बर १० मा सज्जन साह, वडा १२ मा सत्य नारायण साह र वडा १४ मा देव नारायण साहको अध्यक्षतामा वडा समिति गठन गरिसकेको तदर्थ समितिका संयोजक सञ्जय साहले बताए ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार विराटनगर महानगरपालिकामा तेली समुदायको कुल ७ हजार ७ सय ५७ जनसंख्या रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु