विराटनगर । तेली कल्याण समाज नेपालको विराटनगर वडानम्बर १४ कार्य समिति गठन भएको छ ।

असार २ गते जतुवामा भएको समाजको भेलाले ११ जना पदाधिकारी र ४ जना सल्लाहकारगरि १५ जनाको नयाँ वडा कार्यसमिति गठन गरेको हो । स्थानीय देवनारायण साहको अध्यक्षतामा सो वडाको नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा बदमीया साह, सचिवमा दुखीलाल साह, सह–सचिवमा विजय कुमार साह, कोषाध्यक्षमा सत्यनारायण साह, सह–कोषाध्यक्षमा अनितादेवी साह र सदस्यहरुमा उमेश साह, रेखा साह, विन्दा देवी साह, डोमा साह,र शंकर साह रहनु भएको छ ।

त्यसैगरि सल्लाहकारहरुमा धनीलाल साह, पञ्चलाल साह, गंगा साह र फुचरु साह रहनु भएको छ । यसअघि जेठ १५ गते सञ्जय साहको संयोजकत्वमा महानगर अधिवेशन तयारी समिति गठन गरिएको थियो । यस्तै वडानम्बर ६ मा रामप्रसाद साह, वडा ८ मा अलिपचन साह (सुरज) र वडा १० मा सज्जन साहको अध्यक्षतामा वडा समिति गठन गरिसकिएको तदर्थ समितिका संयोजक सञ्जय साहले बताउनुभयो ।

१४ नम्बर वडा कार्यसमिति गठन कार्यक्रममा समाजका जिल्ला अध्यक्ष डा.बालकृष्ण साह, जिल्ला सदस्यहरु ऋषिराज शेठ, डा.शिवशंकर साह र गणेश साह, तदर्थ समिति सदस्यहरु संजिव साह, सन्तोष साह, नन्दगोपाल साह र सुरेश साह लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु