विराटनगर । मैथिली अनलाइनको ब्यानरमा निर्माण गरिएको दुईवटा गितको एकैसाथ छायांकन सम्पन्न भएको छ ।

विरेन्द्र झा र जागेश ठाकुरको स्वर रहेको दुईवटा गितको बैशाख १४ गते सुटिङ सम्पन्न भएको हो । सुनसरीको रामधुनी र बराहक्षेत्र नगरपालिकामा गितहरुको छायांकन गरिएको छ । ‘ताेंही अप्सरा तोंही गुलाब छे’ बोलको गितमा जनकपुरका अभिनेता अरुणकान्त यादव र विनिता ऋषिले नायिकाको भुमिका निर्वाह गरेकी छिन ।

मैथिली अनलाइनको यस गितबाट विनिता पहिलो पटक मैथिली सिने जगतमा पदार्पण गरेकी छिन । यस गितमा विरेन्द्र झा र जोबा सोरेनले स्वर दिएका छन । गितमा नवीन कर्णको शब्द र हारुन रशिदको संगित रहेको छ । यस गितको रामधुनी नगरपालिकास्थित शिवशंकर सिमसार क्षेत्रमा छायांकन गरिएको छ । गितको निर्देशन राजु राजदेव चौधरीले गरेका छन भने छायांकन धिरेन्द्र शाहले गरेका छन । गितको नृत्य निर्देशन कोरियोग्राफर ज्याकले गरेका छन ।

‘कोन मन्तर छे तु सिखने,करैछे कोन जादू’ बोलको अर्को गितमा चर्चित युवा गायक जागेश ठाकुर र विनिता ऋषिले अभिनय गरेका छन । यस गितमा जागेश ठाकुर र शान्ति सदाले स्वर दिएका छन । नवीन कर्णको शब्द रहेको यस गितमा धर्मेन्द्र शर्माले संगित भरेका छन । यस गितबाट गायक ठाकुर पहिलो पटक नायकको भुमिकामा समेत देखिएका छन । बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशीको बगरमा यस गितको छायांकन गरिएको छ ।

राजु राजदेव चौधरीले नै यस गितको समेत निर्देशन गरेका छन । आउँदो केहिदिन भित्र दुवै गित मैथिली अनलाइनको युट्युबबाट सार्वजनिक गरिने निर्माता विनिता कर्णले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबरहरु