विराटनगरको सिमावर्ती जोगबनीमा हनुमत् सह् शनि प्रतिष्ठा धार्मिक महोत्सव हुने भएको छ ।
जोगबनीको वडानम्बर ४ ईन्द्रानगरमा बैशाख ३ देखी ७ गतेसम्म ५ दिने धार्मिक महोत्सव हुन लागेको हो । जोगबनी रेल्वे स्टेशन नजिकै साबिकको टिकुलिया बस्तीमा महोत्सव हुन लागेको हो । आयोजक समितिले सो बिषयमा पत्रकार सम्मेलनको आयोजनागरि जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्थानिय समाजसेवी किमी आनंदले वडानम्बर ४ मा रहेको हनुमान मन्दिर र शनि मन्दिर स्थापनाको प्रथम बार्षिकोत्सवको अवसरमा धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ५ दिने महोत्सवमा काशीबाट आमन्त्रित विद्वानहरुले पुजा–पाठ र हवन गराउनुका साथै पण्डित चन्द्रभान द्विवेदीले भागवत कथा वाचन गर्नुहुने कार्यक्रम छ ।
हिन्दु धर्मको संरक्षण र जागरुकताको उद्धेश्य सहित महोत्सव आयोजना गर्न लागिएको आनंदले जानकारी दिनुभयो । विराटनगरको सिमा नजिकै कार्यक्रम आयोजना हुने र नेपालतर्फबाट पनि हजारौं श्रद्धालुले सहभागिता जनाउने भएकाले उनिहरुको निशुल्क खानपान तथा आवासको ब्यवस्था समेत गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवको पहिलोदिन आईतबार घोडसवार तथा बाजागाजा सहितको कलश यात्रा निकालिने र सो कलशयात्राका सहभागिले जोगबनीकै परमान नदीबाट जल भर्ने कार्यक्रम छ ।
स्थानियवासीको सहयोगमा धार्मिक महोत्सव आयोजना गर्न लागिएको जनाईएको छ ।