मिस्टर एण्ड मिस विराट राजवंशीका प्रतिस्पर्धिलाई लक्षित गरेर २१ दिने प्रशिक्षण शुरु भएको छ ।

विराटनगर ५ स्थित रामजानकी मन्दिर धर्मशाला परिसरमा चैत १ गतेबाट प्रशिक्षण शुरु भएको हो । पहिलो दिनको प्रशिक्षणमा आयोजक संस्थाका अध्यक्ष किरण राजवंशी,राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशी,महासचिव काशीनाथ राजवंशी र मैथिल संचारकर्मी संघका अध्यक्ष नवीन कर्णले ब्यक्तीत्व विकास सहित विविध बिषयमा प्रशिक्षण दिनुभयो ।

प्रशिक्षणमा अडिशन चरण पार गरेर आएका विराटनगर महानगरपालिका,कटहरी,जहदा,धनपालथान र दुहबी नगरपालिकाका समेतगरि २६ जना युवा युवतीहरुको सहभागिता छ । युवाहरुको सर्वपक्षिय विकासको उद्धेश्यसहित विराट राजवंशीका युवायुवतीलाई सहभागि गराएर नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस विराट राजवंशी प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राजवंशीले जानकारी दिनुभयो ।

सहभागिलाई ब्यक्तीत्व विकास,उद्घोषण,सौन्दर्य बिधा,मोडलिङ,अभिनय लगायतका बिषयमा प्रशिक्षण दिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको फाईनल यहि चैत ३० गते विराटनगरमा हुने जनाईएको छ ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद ३१ हजार सहित उपाधि प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु