कटहरी गाउपलिकामा आयोजना गरिएको वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआर सिसि क्रिकेट क्लबले जितेको छ ।
कटहरी ३ को खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक टिमलाइ ३९ रनले पराजितगर्दै वाइआर सिसिले उपाधी हात पारेको हो । टस जितेर आयोजक टीमले बलिङ रोजेपछि ब्याटिङगर्न मैदानमा उत्रिएको वाइआर सिसिले १७ दशमलव २ बल खेल्दै ९ बिकेट गुमाएर १ सय ३२ रनको विशाल योगफल तयार गरेको थियो ।
बिजयी टीमकालागि सातौं विकेटमा ब्याटिङकालागि मैदानमा उत्रिएका श्रवण यादवले ४४ बलमा ६९ रन बनाएर जीतको बलियो आधार तयार खडा गरेका थिए । उनले ७ छक्का र ४ चौका प्रहार गरेका थिए । यसैगरि सुजन थपलियाले ११ बलमा १३ रन बनाएका थिए । जवाबी ब्याटिङमा उत्रिएको आयोजक कटहरीको टीम ९३ रनमा अल आउट भएको थियो ।
कहरीकालागि अभिषेक कामतले २६ बलमा १८ रन,रणधिर कामतले १५ बलमा १६ रन,पंकज गिरि र सलित कामतले समान ८⁄ ८ रन लिए । विजयी टिमका श्रवण यादव म्यान अफ दी म्याच घोषित भएका छन । यस्तै आयोजक टिमका कप्तान मनोज मण्डल म्यान अफ सिरीज,दिलबन्धु पात्रो बेस्ट बलर र मिल्स क्रिकेट क्लबका अभिषेक शर्मा बेस्ट ब्याट्सम्यान घोषित भएका छन ।
बिजेता र उपबिजेता टीमलाइ कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतले ट्रफी मेडल र प्रमाणपत्र बितरण गर्नुभयो । कटहरी ३ वडा समितिको कार्यलयको आयोजनामा माघ १३ गते सुरु भएको प्रतियोगितामा प्रदेश एकका ८ वटा टीमको सहभागिता थियोे ।