विराटनगरको वाईआरसिसि क्रिकेट क्लब कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत कटहरी ३ को खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा विराटनगरकै होराईजन क्रिकेट क्लबलाई १७ रनले पराजितगर्दै वाईआरसिसि फाईनलको यात्रा तय गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको वाईआरसिसिले १९ ओभर ३ बलमा १ सय ४५ रन बनाएर प्रतिस्पर्धि टिमलाई १ सय ४६ रनको बिजय लक्ष्य दिएको थियो ।

सो क्रममा बिजयी टिमका सोनु अंसारीले ५२ र सुमन थपलियाले ४० रनको योगदान दिए । जवाफी ब्याटिङमा उत्रिएको होराईजन १८ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा चित्त बुझाउन बाध्य भयो । होराईजनको तर्फबाट सबभन्दा बढी समिर कार्कीले २६ र पुष्प थापाले २५ रन लिएका थिए ।

प्रतियोगितामा बिजयी टिमका खेलाडी श्रवण यादव म्यान अफ दि म्याच घोषित भएका छन । उनले ४ ओभरमा १८ रन खर्चेर ४ बिकेट लिन सफल भएका थिए । बुधबारको दोश्रो सेमिफाईनल खेल आयोजक कटहरी–३ र विराटनगरको मिल्स क्लब क्रिकेट एण्ड एकेडमी बिच हुने आयोजक समितिका ज्योतिष कामतले जानकारी दिए ।

प्रतियोगिताको फाईनल खेल २१ गते शनिवार हुनेछ । कटहरी ३ को वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

सम्बन्धित खबरहरु