कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तेश्रो दिनको खेलमा आयोजक कटहरी क्रिकेट टिमले जित हात पारेको छ ।
विराटनगरको बिसिसिए क्रिकेट क्लबलाई पराजित गर्दै आयोजक टिमले जीत हात पारेको हो । कटहरी ३ को खेल मैदानमा भएको तेश्रो दिनको खेलमा बिसिसिएलाई आयोजकको टिमले ४ विकेटले पराजित गर्दै जित हात पारको हो ।
शुरुआति ब्याटिङमा उत्रिएको बिसिसिएले निर्धारित २० ओभरको खेलमा ८१ रन बनाउँदै प्रतिस्पर्धि टिमलाई ८२ रनको टार्गेट दिएको थियो । त्यस लगत्तै जवाफी ब्याटिङमा उत्रिएको आयोजक टिमले १४ ओभर १ बलमा लक्ष्य हासिलगर्दै जित हात पारेको थियो ।
सो क्रममा कटहरीका राहुल मण्डलले १५ बलमा २१ रन बनाएका थिए भने राजाबाबु कामतले २८ बलमा १९ रनको योगफल बनाएर आफ्नो टिमलाई बिजय बनाउन सघाएका थिए । यसअघि विराटनगर बिसिसिएको तर्फबाट सबभन्दा बढी रोशन खत्रीले ३४ बलमा १७ रनको योगदान दिएका थिए ।
जितसंगै आयोजक टिमले सेमिफाईनलमा सिट सुरक्षित गरेको छ । खेलमा बिजयी टिमका राहुल मण्डल म्यान अफ दी म्याच घोषित भएका छन । सोमबारको खेल मिल्स एकेडमी र कटहरी ४ को क्रिकेट क्लबबीच हुने जनाईएको छ ।
कटहरी ३ को वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।