विराटनगर । मैथिली अनलाइनको प्रस्तुति रहेको ‘नगिनीयाँ’ बोलको मैथिली गीति भिडियो रिलिज भएको छ ।
मैथिली अनलाइनको युट्युब च्यानलबाट शुक्रबार अपरान्ह यो गीत रिलिज भएको हो । ‘कतेक के तों डँसबिही नगिनीयाँ’ बोलको उक्त म्यूजिक भिडियोको गीत पत्रकार समेत रहनुभएका नवीन कर्णले लेख्नुभएको छ । विराटनगरको ग्रामिण बस्तीहरुमा यस भिडियोको छायाँकन गरिएको छ ।
भाषाभाषिको म्यूजिक भिडियो निर्माणमा स्थापित राजु राजदेव चौधरीले यस भिडियोको निर्देशन गर्नुभएको छ । यस्तै भिडियोमा चर्चित कलाकारहरु सिरहाका दिनेश महराले नायक र विराटनगरकी माही तनवीर खानले नायिकाको भुमिका निर्वाह गर्नुभएको छ । भिडियोको कोरियोग्राफी संजय साहले गर्नुभएको छ भने छायाँकन धिरेन साह तथा मेकअप कृष्ण सुवेदीको रहेको छ ।

भिडियोको दृष्य सम्पादन निर्देशक समेत रहनुभएका चौधरीले नै गर्नुभएको छ । सुरेश कुमारको संगित रहेको यस गीतमा गायक भागवत मण्डल तथा नितु कर्णले स्वर दिनुभएको छ भने राजबिराजको मिशन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको निर्माण पक्षले जनाएको छ ।
मैथिली गीतको नाममा श्रब्य र दृष्यमा अश्लिलता पश्किने पछिल्लो परिपाटिलाई अन्तगर्दै स्वस्थ्य मनोरंजन प्रदानगर्ने उद्धेश्यले मैथिली अनलाइनको ब्यानरमा विभिन्न गीतहरुको निर्माण कार्य जारी रहेको निर्माता समेत रहनु भएको नवीन कर्णले जानकारी दिनुभयो ।

सार्वजनिक गरिएको नगिनीयाँ बोलको गीतले युवा वर्गको मन जित्ने विश्वास गरिएको छ । यसअघि मैथिली अनलाईनकै च्यानलबाट गएको साता ‘दिल तोडनी’ बोलको मार्मिक गीत समेत सार्वजनिक गरिएको थियो । जुन गीतलाई दर्शकले अत्यधिक मन पराई रहेका छन ।
रिलिज भएको गीत यस लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।
