विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली भिडियो गीत ‘दिल तोड़नी छे तुँ’ रिलिज भएको छ ।
मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को साईत पारेर गएराति यो गीत रिलिज भएको छ । गीत सार्वजनिक भएसंगै दर्शक तथा श्रोताबाट गीतले प्रशंसा बटुल्न थालेको छ । संगित,गायन,अभिनय र प्रस्तुतिको बेजोड संगम रहेको यस म्यूजिक भिडियोले आम मैथिली भाषि दर्शकको मन जित्दै गएको छ ।
बिगतमा रोमान्टिक गीतहरुमा अभिनय गर्दै आएका पत्रकार समेत रहेका यस गीतका नायक विरेन्द्र साह यस पटक भने बियोगान्तक भुमिकामा देखिएका छन । उहाँको यो भुमिकालाई दर्शकले मन पराई रहेका छन । यस्तै अर्का चर्चित पत्रकार सोनु कुमार दास यस गीतमा रोमान्स गर्दै देखिएका छन ।
पहिलो पटक म्यूजिक भिडियोमा पदार्पण गरेका उहाँको लुक्स र अभिनयलाई समेत दर्शकले अत्यधिक रुचाएका छन । गीतको केन्द्रीय भुमिकामा रहेकी नायिका काजल कर्णको अभिनय र प्रतिभा समेत यस गीतमा निखारिएर आएको छ ।
यस गीतको लेखन,निर्देशन र परिकल्पनाकार मोरङकै अर्का सक्रिय पत्रकार नवीन कर्ण हुन । कर्ण लामो समय देखी मैथिली भाषा साहित्यको क्षेत्रमा समेत काम गर्दै आउनु भएको छ ।
यस गीतको सिनेमाटोग्राफरमा कात्तिक राजवंशी,क्यामरामा धिरेन साह, मेकअपमा कृष्ण सुवेदी रहनुभएको छ भने दृष्य सम्पादन पवन सहनीले गर्नु भएको छ । सुरेश कुमारको संगित रहेको यस गीतमा मिथिला पुत्र भागवत मण्डलले स्वर दिनुभएको छ ।
यस लिंकमा क्लिक गरेर यो गीत हेर्न सकिन्छ ।