विराटनगर । चर्चित पत्रकार ब्रह्मदेव यादवले विद्युतिय खबर पत्रिका चिरफार डटकम संचालनमा ल्याउने भएका छन ।

यादवले पुष पहिलो साताबाट न्यूज पोर्टल संचालनमा ल्याउन लागेका हुन । विराट दरबार मिडिया प्रालि दर्ता गराएका यादवले चिरफार डट कम न्यूज पोर्टल संचालनमा ल्याउन लागेका हुन । आफुले संचालनमा ल्याउन लागेको चिरफारले विराटनगरको समाचारलाई प्राथमिकतामा राख्दै देश र विदेशका समाचारलाई समेत समेट्ने यादवले बताएका छन ।

सुनसरीको कोशी गाउँपालिका वडानम्बर २ का स्थायी बासिन्दा पत्रकार यादव विराटनगर १० मा बसोबास गर्दै मोरङलाई कर्मथलो बनाई झण्डै ३ दशक देखी पत्रकरिता गर्दै आएका छन ।

२०५२ सालमा नेपाल पत्रकार महासंघको सदस्यता लिएका यादवले तीन कार्यकाल मोरङ महासंघको निर्वाचित सदस्यकोरुपमा भुमिका निर्वाह गरिसकेका छन भने यतिखेर दोश्रो कार्यकालकालागि महासंघमा प्रदेश सदस्यको भुमिकामा छन ।

२०५१ सालदेखी पत्रकारिता गर्दै आएका यादवले यसअघि काठमाण्डौबाट प्रकाशित ‘परिस्थिति साप्ताहिक’ ‘रुपरेखा साप्ताहिक’ ‘विमर्श साप्ताहिक’ ‘नेपाली पत्र साप्ताहिक’ ‘जनभावना साप्ताहिक’ ‘प्रभातकालिन जनसत्ता दैनिक’ मा पत्रकारिता गरिसकेका छन ।

यस्तै काठमाण्डौकै ‘जनसत्ता साप्ताहिक’ र ईनरुवाबाट प्रशारण हुने रेडियो ‘पोपुलर एफएम’ मा सम्बाददाताको भुमिका निर्वाह गर्नुका साथै विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिक लगायतका संचार गृहहरुमा लामो समयसम्म पत्रकारिता गरेको अनुभव हासिल गरिसकेका छन ।

सम्बन्धित खबरहरु