विराटनगर २४ मंसिर । विराटनगर १५ स्थित सामाजिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

स्थानिय एक निजी विद्यालय परिसरमा विविध कार्यक्रम आयोजना गर्दै सो सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा उत्कृष्ट बचतकर्ता,ऋणी र शेयर धनीलाई सम्मान गरिएको छ । उत्कृष्ट बचत कर्ताको रुपमा आशा श्रेष्ठ,सुजितकुमार साह,सत्तो सिंह र रिता कुमारी साहलाई सम्मान गरिएको थियो । उत्कृष्ट ऋणीतर्फ सुशिला पन्त,अनिता सेन र अरुण चौधरीलाई सम्मान गरिएको थियो ।

यस्तै असल शेयर धनीका रुपमा खड्ग माया बानिया,उर्मिला देवी साह,रिया भण्डारी र कात्तिक साहलाई सम्मान गरिएको थियो । सम्मानित हुने सबैलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला,नेपाली काँग्रेस प्रदेश १ का कोषाध्यक्ष राजेश गुप्ता, आयोजक सहकारीका अध्यक्ष मित्रलाल गिरी र वडानम्बर १५ का सदस्य ईम्तियाज अंसारीले फुलमाला तथा दोसल्ला सहित सम्मान गर्नुभयो ।

साधारण सभाको खुला सत्रमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुुहुँदै संस्थाका अध्यक्ष गिरीले सामाजिक सहकारीले न्यून आय श्रोत भएका ब्यक्तीहरुको आर्थिक उन्नयनको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लेखा संयोजक ओमकार आचार्यले ३४ लाख १५ हजार ५ सय शेयर पुँजी रहेको सामाजिक सहकारीले आर्थिक बर्ष २०७८-७९ मा आयकर सहित सम्पुर्ण खर्च कटाएर ९३ हजार १ सय १२ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो । २०६९ बैशाख १३ गते गठन भएको सो सहकारीमा ५ सय २ जना शेयर सदस्य रहेका छन ।

यस सहकारीको गठनका बेलामा तत्कालिन विराटनगर उपमहानगरपालिकाले ५० हजार अनुदान समेत उपलब्ध गराएको जनाईएको छ ।

सम्बन्धित खबरहरु