विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमखी क्याम्पस परिसरमा नयाँ भवनको निर्माण कार्य शुरु भएको छ ।
सो कलेजमा बिबिए अध्यन–अध्यापनकानिम्ति नयाँ भवनको निर्माण कार्य शुरु भएको हो । क्याम्पस परिसरको उत्तरी फिल्डमा शुरु भएको निर्माण कार्यको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले शिलान्यास गर्नुभएको छ ।
सो ठाउँमा २४ कोठे भवन निर्माण हुन लागेको हो । ३ तल्ले सो भवनको निर्माणको ठेक्का काठमाण्डौ बानेश्वरको रामबोले,मच्छिन्द्र जेभिले पाएको छ । सो भवनको प्रत्येक तल्लामा ८ कोठा सिढि र शौचालय रहने निर्माण कम्पनीका कमल कार्कीले जानकारी दिनुभयो ।
भण्डै १५ हजार ६ सय स्क्वायर फिटको सो भवनमा १८ वटा कक्षा कोठाहरु रहने उहाँले जानकारी दिनुभयो । भवनको स्टिमेट रकम ५ करोड ६ लाख ६३ हजार भएपनि सो निर्माण कम्पनीले स्टिमेट रकम भन्दा निकै कम ४ करोड २४ लाख ८४ हजार २२५ रुपैयामा मात्र भवन निर्माणको ठेक्का लिएको छ ।

विद्यार्थीको संख्या बढदै गएर पठनपाठनमा समस्या भएपछि क्याम्पसको आन्तरिक श्रोतबाट भवन निर्माण गर्न लागिएको क्याम्पस प्रमुख तिम्सिनाले जानकारी दिनुभयो ।
सो भवनको अक्टूबर २०२२ बाट निर्माण शुरु भएर २०२३ अक्टूबर एक बर्षको अवधिमा निर्माण सम्पन्नगर्ने सम्झौता छ ।




