विराटनगरमा सोमबारबाट विराट राजवंशी दोश्रो महोत्सव मेला शुरु भएको छ ।

विराटनगर ८ गुरुकुल नजिकै रहेको साबिकको बुधहाट लाग्ने खाली चौरमा मेला शुरु भएको हो । विराट राजवंशी प्रगतिशिल विकाश समाज समितिको आयोजनामा मेला आयोजना गरिएको हो । महोत्सवको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै मेयर कोईरालाले मेलाले राजवंंशी समुदायको पहिचान र संस्कृति झल्काउन सफल हुने विश्वास ब्यक्त गर्नुभयो । मेलामा रोटेपिङ,विभिन्न प्रकारका झोलुङे र मनोरंजनका साधनहरुका साथै खानपानका स्टल सहित राजवंशी समुदायको संस्कृति झल्किने स्टल तथा ब्यापारिक स्टलहरु समेत राखिएको छ ।

विराटनगरकै पेरीफेरीमा पुखौंदेखी बसोबासगर्दै आएका विराट राजवंशी समुदायको भाषा संस्कृति प्रर्बधन सहित महान चाड बिजयादसमीमा मनोरंजन प्रदानगर्ने उद्धेश्यसहित महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले बताउनुभयो ।

मेलामा स्थानिय सहित राष्ट्रिय गायक तथा कलाकारहरुको प्रस्तुति समेत राखिएको छ । मेलामा एआर बुढाथोकी,अशोक दर्जी,टंक बुढाथोकी,प्रमोद खरेल,मेलिना राई,अनु चौधरी,प्रिति आले,प्रकाश सपुत,ज्योति मगर,प्रशान्त तामाङ र बलबहादुर राजवंशी लगायत स्थानिय कलाकारहरुको दैनिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आजबाट शुरु भएको मेला असोज २१ गते समापन हुने जनाईएको छ । महोत्सवमा मकालु टेलिभिजनले मिडिया पार्टनरकोरुपमा भुमिका निर्वाह गरेको छ ।

सम्बन्धित खबरहरु