विराटनगरस्थित प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा बिहीबार एक कार्यक्रमकाबीच भर्खरै तालिम सम्पन्न गरेका ७१४ जना प्रहरी जवाहरु सपथ ग्रहणगर्दै कार्यक्षेत्रमा प्रवेश गरेका हुन ।

तालिम केन्द्रले २०७८ साल असोज १७ गते देखी संचालन गरेको प्रहरी जवान १३९ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम सम्पन्न गरेका जवानहरु दीक्षितभई आ–आफ्नो कार्यक्षेत्रतर्फ गएका हुन ।
सो अवसरमा तालिमकेन्द्रले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह आयोजना गरेको थियो ।

दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा सफत ग्रहण गराउनु भएको थियो । दिक्षान्त समारोहमा १५४ जना महिला सहित ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५२४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी बिशेष सुरक्षागण दुहवीमा ९२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले बताउनुभयो ।

सो अवसरमा प्रशिक्षार्थीहरुलाई तालिम अवधीभर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुनसफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राई सहित विभिन्न ९ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो ।

दीक्षित प्रहरी जवानहरुलाई उहाँले नागरीकमैत्री बन्न निर्देशन समेत दिनुभयो ।

सम्बन्धित खबरहरु