बुढीगंगा । पवित्र साउन महिनाको अवसरमा मोरङको बुढीगंगा गाउँपालिकामा एकमहिने धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।

बुढीगंगा–४ हात्तीमुडा,प्रगतिटोलस्थित उत्पतिका भजनकिर्तन सेवा मञ्च र उत्पतिका शिव पाञ्चायन मन्दिरले संयुक्तरुपमा एकमहिने धार्मिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्र्तगत दैनिक रुद्री,हवन,भजनकिर्तन तथा शिवपुराण वाचनको कार्यक्रम गर्ने गरिएको छ ।

यस्तै प्रत्येक सोमबार पालिकाका विभिन्न स्थानमा रहेका विभिन्न शिवालयहरुमा घुम्ती धार्मिक कार्यक्रम आयोजनागर्ने गरिएको मन्दिर समितिका अध्यक्ष टंकबहादुर बिष्टले बताउनुभयो । साउन १ यता एकमहिने धार्मिक कार्यक्रम शुरु भएयता हालसम्म लिचि बगानमा रहेको शिवालय,उत्पतेश्वर शिव मन्दिर र गोकुवाको शिवालयमा शिवपुराण वाचन सहितका कार्यक्रम आयोजना गरिसकिएको बिष्टले जानकारी दिनुभयो ।

धार्मिक कार्यक्रम अन्र्तगत नै ताण्डव स्त्रोत लागयतका धार्मिक संकीर्तण समेत आयोजना गर्ने गरिएको छ । कार्यक्रममा पण्डित रमेश ढुंगानाले शिवपुराण वाचन गरिरहनुभएको छ ।

धार्मिक मान्यता अनुसार साउन महिनामा ब्रत बसेर देवी पार्वतीले भगवान शिवलाई प्राप्त गरेको विश्वास गरिन्छ । साउन महिना भगवान शिवको प्रिय महिना भएको विश्वासमा हिन्दु धर्मावलम्बीहरुले यो महिनालाई बिशेष महत्व दिने गरेका छन ।

सम्बन्धित खबरहरु