विराटनगर । मौसम परिर्वतनको कारण कृषिक्षेत्रमा हुने क्षति न्युनिकरणगर्न प्रबिधिलाई आत्मसात गरेर अघि बढनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालले आयोजना गरेको कृषि मौसम सल्लाह सेवा मार्फत खाद्य सुरक्षा निर्माण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । समयमै पुर्वानुमान गर्नसके प्रतिकुल मौसमको कारण कृषिक्षेत्रमा हुने ठुलो क्षतिलाई रोक्न सकिने कार्यक्रमका सहभागिले बताएका थिए ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले समयमै सटिक मौसम पुर्वानुमान गर्नसके क्षति न्युनिकरण गर्नुका साथै उत्पादन बृद्धि गर्न सकिने बताउनुभयो । राष्ट्रिय कृषक समुह महासंघ नेपालका प्रदेश सचिव नारद निरौलाले पालिकाहरुमा पुर्वानुमान सम्बन्धि मौसम मापन केन्द्र स्थापना गर्न सके स्थानिय कृषकहरु लाभान्वित हुने बताउनुभयो ।
उहाँले हाल उदयुपरको वेलका नगरपालिकामा पाईलट प्रोजेक्टकोरुपमा मौसम पुर्वानुमान सम्बन्धि मापन केन्द्र संचालनमा रहेको जानकारी समेत दिनुभयो । कार्यक्रममा वेलका नगरपालिका प्रमुख अशोक कार्की,मौसम विज्ञ नविन्द्र दाहाल र महेन्द्रमोरङ कलेज विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिना लगायतले मौसमले कृषिक्षेत्रमा पार्ने प्रभावका बिषयमा बोल्नुभयो ।