विराटनगर । विराटनगरका एकजना समाजसेवीले तीनटोलियास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन ।
विराटनगरका समाजसेवी महेशकुमार साहले आफ्नो २५ औं वैवाहिक बार्षिकोत्सवको अवसरमा आश्रमलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । साहले आश्रमलाई चामल २ सय ५० किलो,दाल २५ किलो र सोयाबिन १० किलो उपलब्ध गराउनुभएको छ ।
समाजसेवी साहले मटर १० किलो,चना १० किलो,भुजा ४० किलो,खानेतेल ५ लिटर र २० प्याकेट नुन सहितका सामाग्रि आश्रमलाई उपलब्ध गराउनु भएको छ । आश्रम परिसरमा बुधबार आयोजित कार्यक्रमकाबीच समाजसेवी साह र उहाँकी श्रीमति पिंकी स्वर्णकारले मानव सेवा आश्रमका प्रदेश प्रमुख नवराज केसीलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।
साहले उपलब्ध गराएका सामाग्रि ग्रहण गर्नुहुँदै केसीले समाजसेवी,मनकारी दाता र सहयोगिहरुको सहयोगबाट नै मानव सेवा आश्रम संचालित रहेको बताउनुभयो । समाजसेवी साहले भने मानव सेवामा समर्पित आश्रमको सेवा कार्यबाट आफु निकै नै प्रभावित भएको बताउनुभयो ।
आगामी दिनहरुमा समेत आफुले आश्रमकालागि सक्नेजतिको सहयोग उपलब्ध गराइरहने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपाल सोनार समाजका अध्यक्ष समेत रहनुभएका साहले आफ्नो २५ औं वैवाहिक बार्षिकोत्सवको अवसर पारेर आश्रमलाई ३० हजार बढीको खाद्यान्न सामाग्रि उपलब्ध गराउनुभएको हो ।
हाल सो आश्रममा ८० जना आश्रितको भरणपोषण भईरहेको मानव सेवा आश्रमका जिल्ला संयोजक पार्वती तिवारीले जानकारी दिनुभयो ।