विराटनगर । नेपाल होमियोपैथी चिकित्सक संघमा नयाँ कार्यसमिति चयन भएको छ ।

विराटनगरमा भएको संघको छैठौं अधिवेशनबाट होमियोपैथी चिकित्सक डाक्टर रविन्द्र रायको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्ष डाक्टर नवीन चपागाई,महासचिव डाक्टर रवि प्रकाश,साहायक महासचिव डाक्टर चंद्रा शर्मा दुलाल र कोषाध्यक्षमा डाक्टर आशिष कुमार सर्वसम्मत हुनुभएको छ ।

यस्तै संघको सदस्यहरुमा डाक्टर पंकज गोस्वामी,डाक्टर वरिन्दर कौर तथा केशवलाल सिंह सुवाल,भवानीप्रसाद पोखरेल,दिनेशप्रसाद आचार्य र हेमन्त देव चयन हुनुभएको छ । संघको साधारण सभाको प्रदेश एकका पुर्वमन्त्री एवम सांसद जिवन घिमिरेले उद्घाटन गर्नुभएको थियो ।

कार्यसमितिको कार्यकाल ४ बर्षको रहने जनाईएको छ । संघमा झण्डै २५० होमियोपैथी चिकित्सक र साहायक चिकित्सक सहित होमियोपैथी प्रेमीहरु आबद्ध रहेको संघले जनाएको छ ।

सम्बन्धित खबरहरु