विराटनगर । विराटनगरमा रात्री १२ बजेको शुन्य समयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मध्यरातको सो कार्यक्रमबाट ३० पिन्ट रक्त संकलन भएको छ ।
लायन्स क्लब अफ विराटनगर ग्लोबलले देवकोटाचोकस्थित रक्त संचार केन्द्रमा गएराति शुन्य समयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिहीबार राति ११ बजेबाट शुरु भएको कार्यक्रम शुक्रबार रातिको बिहान १२ बजेपछि सम्पन्न भएको थियो । लायन्स क्लब ३ सय २५ सि का सेकेण्ड भाईस डिस्ट्रिक गर्भनर विकास अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
लायन्स क्लबहरुमा जुलाई १ तारिखबाट नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल शुरु हुने परम्परा छ । केहि महिना अघि भएको क्लबको आन्तरिक निर्वाचनबाट लायन्स क्लब अफ विराटनगर ग्लोबलको अध्यक्षमा विराटनगरका समाजसेवी राकेश साहको सभापतित्वमा ग्लोबलको नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
कार्यक्रमकाबीच नवनिर्वाचित सभापति साहलाई ग्लोबलका निर्वतमान सभापति मोहम्मद नसरुलले पद तथा कार्यभार हस्तान्तरण गर्नुभयो । ११ बजे राति पदभार हस्तान्तरण र ग्रहण कार्यक्रमसंगै रक्तदान कार्यक्रम शुरु भएको थियो । कार्यक्रमसंगै आयोजक क्लबका नवनिर्वाचित सभापति राकेश साहले आफ्नो कार्यकालको पहिलो समाज सेवाको काम शुन्य समयबाट शुरु गरेका छन ।
सो अवसरमा बोल्नुहुँदै लायन्स क्लब ३ सय २५ सि का सेकेण्ड भाईस डिस्ट्रिक गर्भनर अधिकारीले ग्लोबलले समाजसेवाको बार्षिक कार्यतालिका बनाएर शुन्य समयबाट कार्यक्रम शुरु गरेको भन्दै शुभकामना ब्यक्त गर्नुभयो । आयोजक क्लबका अध्यक्ष साहले आफुले भनेर भन्दापनि बर्षभरि सबैको सहयोगमा समाजसेवाका उत्कृष्ट र नमुनाकारुपमा स्थापित हुने कार्यक्रमहरु आयोजनागर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मध्यरातको सो कार्यक्रमबाट ३० पिन्त रक्त संकलन भएको आयोजक क्लबले जनाएको छ । कार्यक्रममा आयोजक क्लबका पुर्व सभापतिहरु अजय अधिकारी,डाक्टर वकार अहमद र जोन चेयर पर्सन दिलसाद आलम लगायतले शुभकामना मनब्य राख्नुभएको थियो ।
शुन्य समयमा कार्यक्रम गरिएकाले लायन्स क्यालेण्डर अनुसार यो कार्यक्रम लायन्स क्लबहरुले गर्ने कार्यक्रमहरु मध्ये बर्षकै पहिलो कार्यक्रम हुने जनाईएको छ । यसअघि ग्लोबलको बितेको कार्यकालका सभापति मोहम्मद नसरुलले समेत शुन्य समयबाट नै सामाजिक सेवा कार्य शुरु गर्नुभएको थियो ।
पछि उहाँलाई लायन्स क्लबले बर्षकै सबभन्दा सक्रिय सभापतिकोरुपमा पुरस्कृत गरेको जनाईएको छ ।