विराटनगर । विराटनगरको तिनपैनीमा परम्परागत संसारीमाई पुजा सम्पन्न भएको छ ।

महानगरपालिकाको वडानम्बर २ तिनपैनीमा रहेको संसारीमाई थान परिसरमा परम्परागत विधिविधि विधान र मान्यता अनुसार पुजा सम्पन्न भएको हो । पुजाको अवसरमा धार्मिक अनुष्ठानहरुका साथै संसारीमातालाई बली प्रदानगर्दै पुजा सम्पन्न भएको हो ।

तिनपैनीको पुर्वटोलमा रहेको दशकौं पुरानो पवित्र साहुरको रुखमुनि संसारी माईको पुजा हुँदै आएको छ । तत्कालिन समयमा गाउँटोलकोरुपमा रहेको यसक्षेत्रका बासिन्दालाई रोगब्याधी नलागोस तथा अन्नबालीको राम्रो उब्जनी होस भन्ने उद्धेश्यसहित तत्कालिन जिम्दार कालीप्रसाद ढकालले साहुरको यस रुखमुनि पुजाको चलन चलाएको बताईन्छ ।

संसारीमाईको पुजा पुरोहित एवम धामीबाट बैदिक तथा धनन्तरी दुई विधिबाट गर्ने चलन रहेको स्थानीय युवा अभियन्ता मनोज विक्रम शाहले बताउनुभयो । ७० बर्षभन्दा अघि देखी नै यसठाउँमा सर्वसाधारणले नियमित पुजापाठ गर्दै आएकोमा पछिल्लो केहि बर्षयता यसठाउँमा घेराबेरागरि ब्यवस्थित थानको निर्माण गरिएको छ ।

असार महिनाको शनिवारको दिन पारेर यसठाउँमा प्रत्येकबर्ष बार्षिक पुजा गरिन्छ । पुर्णरुपमा स्थानियको जनसहयोगबाट नै यो पुजा मनाउने गरिएको छ ।

पुजाका दिन संसारीमातालाई बोका,हाँस,परेवा र कुखुराको बली प्रदानगरि बिशेष आराधाना गरिन्छ ।

सम्बन्धित खबरहरु