विराटनगर । थारु कल्याणकारिणी सभा मोरङले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।
संघले आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजनागर्दै नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । सभाले विराटनगर महानगरपालिका,बुढी गंगा गाउँपालिका,ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला,उपप्रमुख शिल्पा निराला कार्की,बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितबहादुर थापा मगर,उपप्रमुख अमृता कुमारी गच्छदार,कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी,ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारलाई सम्मान गरेको हो ।
सो अवसरमा मोरङका विभिन्न पालिकाबाट थारु समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । जनप्रतिनिधिहरुलाई थारु कल्याणकारिणी सभाका बरिष्ठ केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी,प्रदेश सभा सदस्य चुमनारायण तवदार र जिल्ला अध्यक्ष प्रदीपकुमार भगत थारु लगायतले खादा र प्रशंसापत्र सहित सम्मान गर्नुभयो ।
नवनिर्वाचित जनप्रतिनिधीहरुको हौसला अभिबृद्धि गर्न तथा सफल कार्यकालको कामनासहित सम्मान गरिएको थारु कल्याणकारिणी सभा मोरङका अध्यक्ष प्रदीपकुमार भगत थारुले बताउनुभयो ।
सो अवसरमा बोल्ने जनप्रतिनिधिहरुले थारु समुदायको भाषा,संस्कृति संरक्षणकानिम्ति आफुहरुले सक्दो पहलगर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।