विराटनगर–९ अस्पतालचौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले सर्वसधारण तथा जेष्ठ नागरीककालागि बिशेष छुट योजनासहितको उपचार सेवा घोषणा गरेको छ ।

बिशेषज्ञ चिकित्सकबाट स्वास्थय उपचार र ल्याब परीक्षण सेवा उपलब्ध गराउँदै आएको सो क्लिनिकले सर्वसाधारण तथा जेष्ठ नागरीककालागि १० देखी ५० प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ । क्लिनिकले आईतबार पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छुट योजना अनुसार ब्लड सुगर,थाईरोईड तथा जण्डिसको ल्याब परीक्षणमा ५० प्रतिसत छुट दिने आस्था क्लिनिकका संचालक कमलेश कर्णले बताउनुभयो ।

ब्लड सुगर थाईरोईड तथा जण्डिसमा दिइने ५० प्रतिसतको छुट सुविधा सबै बर्गका सर्वसाधारणका साथै जेष्ठ नागरीहरुले समेत प्राप्त गर्नसक्ने जनाइएको छ । यस्कासाथै सो क्लिनीकले ५० प्रतिसत छुट उपलब्ध हुने ल्याब परीक्षण बाहेकका अन्य सबै प्रकारका ल्याब जाँचमा जेष्ठ नागरीकलाई २५ प्रतिसत छुट दिने घोषणा गरेको छ ।

जेष्ठ नागरीकलाई क्लिनिकमा उपलब्ध हुने सबै प्रकारका ल्याब परीक्षणका साथै ओपिडि शुल्कमा समेत २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिईने आस्था क्लिनकिका संचालक कमलेश कुमार कर्णले बताउनुभयो । यो छुट योजना असार १ बाट अर्को सूचना जारी नभएसम्म लागु हुने उहाँले बताउनुभयो ।

जेष्ठ नागरीकहरुमा प्रायजसो मधुमेह,थाईरोईड र जण्डिसको समस्या बहुसंख्यकरुपमा देखिने गरेकाले बढीभन्दा बढी जेष्ठ नागरीकहरु सहित सर्वसाधारण समेत लाभान्वित होउन भन्ने उद्धेश्यसहित यि रोगहरुको ल्याब परीक्षणमा आधा छुटको ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले बरिष्ठ चिकित्सकबाट जेनरल फिजिशियन सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा,प्रसुती तथा स्त्री रोग उपचार सेवा,छाला,यौन,कुष्ठ तथा सौन्दर्य विशेषज्ञ सेवा तथा नाक,कान,घाँटी रोग विशेषज्ञ सेवाका साथै अन्य विविध रोगहरुको बिशेषज्ञ सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

बिगत ११ बर्षदेखी स्वास्थय उपचार सेवा उपलब्ध गराउँदै आएको आस्थाले बिशेष छुटमा होल बडी चेकअप सुविधाका साथै ल्याब टेस्टकालागि घरैबाट नमुना संकलनको सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

कोशी अस्पतालचोक दक्षिण श्री हस्पिटल सामुन्ने रहेको आस्थाले शनिवार बाहेकका दिनहरुमा स्वास्थय उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबरहरु