विराटनगर । विराट राजवंशी समाज उत्थान समितिले विराट राजवंशी समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

समितिले विराटनगरस्थित बालमन्दिर आधारभुत विद्यालयमा आईतबार एक कार्यक्रमको आयोजनागर्दै स्थानिय निर्वाचन २०७९ मा मोरङका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । विराट राजवंशी समुदायबाट विराटनगर महानगरपालिकासहित मोरङ र सुनसरीका विभिन्न पालिकाबाट १४ जना जनप्रतिनिधि निर्वाचित भएको आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष बसन्त राजवंशीले जानकारी दिनुभयो ।

विराट राजवंशी समुदायबाट बुढीगंगा गाउँपालिका ३ को वडाध्यक्षमा तिलकनाथ मण्डल राजवंशी,कटहरी गाउँपालिका १ मा हरि राजवंशी र जहदा गाउँपालिका १ मा बाबुराम राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन । यस्तै मोरङ र सुनसरीका विभिन्न पालिकाकाबाट थप ११ जना वडासदस्यहरु निर्वाचित भएका छन ।

सदस्यहरुमा विराटनगर १४ बाट सन्तली विश्वास राजवंशी,विराटनगर ६ बाट पन्नालाल राजवंशी,विराटनगर ८ बाट भुवनेश्वर राजवंशी,विराटनगर १२ बाट कुशेश्वर राजवंशी सोहि वडाबाट प्रमिला राजवंशी निर्वाचित भएका छन ।

यसैगरि कटहरी गाउँपालिका १ बाट सन्तोष राजवंशी,कटहरी २ बाट रन्जु राजवंशी,कटहरी ६ बाट रमादेवी राजवंशी,जहदा गाउँपालिका २ बाट बिजेन राजवंशी,जहदा ३ बाट सिता राजवंशी तथा दुहबी नगरपालिका वडानम्बर ४ बाट रिता राजवंशी निर्वाचित भएका छन ।

निर्वाचित सदस्यमध्ये विराटनगर १४ बाट निर्वाचित सन्तली विश्वास राजवंशी र कटहरी २ बाट निर्वाचित सदस्य रन्जु राजवंशी सम्बन्धित पालिकाको कार्यपालिका सदस्यमा समेत निर्वाचित भएका छन ।

कार्यक्रमकाबीच आयोजक संस्थाका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशी,केन्द्रीय सल्लाहकार त्रिभुवन मण्डल राजवंशी र मोरङ अध्यक्ष काशी राजवंशी सहित आमन्त्रित अतिथिहरुले जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्ने वक्ताहरुले विराट राजवंशी समुदाय जातिय सुचिमा सुचिकृत हुन नसकेकाले पहल गर्नुपर्ने,समाजभित्रको दाईजो प्रथा अन्त्य गर्नुपर्ने तथा छोरीहरुको शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।

सम्बन्धित खबरहरु