धनपालथान । नेपाल संथाल आदिवासी पैरवी महासंघको पंचबर्षिय रणनीति कार्ययोजना बिषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

मोरङको धनपालथान गाउँपालिका ४ कर्सिया बजारस्थित बिआईसी नेपालको सभाहलमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । नेपाल संथाल आदिवासी पैरवी महासंघको आयोजना र लुथरन सामुदायिक कल्याण समाज (LCWS) को सहयोगमा गोष्ठी सम्पन्न भएको हो ।

कार्यशालामा झापा,मोरङ तथा सुनसरीका विभिन्न पालिकाबाट संथाल समुदायका ३५ जना प्रतिनिधिहरुको सहभागिता थियो । संथाल समुदायका अगुवाहरुलाई सहभागि गराएर आयोजना गरिएको गोष्ठीबाट सुझाव संकलनगरि पैरवी महासंघको आगामी पाँच बर्षको कार्ययोजना निर्माण गरिने आयोजक संस्थाका अध्यक्ष बिरेन्द्र किस्कुले जानकारी दिनुभयो ।

कार्यशालामा संथाल समुदाय भित्र रहेका समस्याहरुको पहिचान तथा त्यसको समाधानका उपायहरुका बिषयमा समेत छलफल गरिएको थियो । यस्तै नेपाल संथाल आदिवासी पैरवी महासंघको मुल्य मान्यता,प्राथमिकतामा राखिने योजनाहरु तथा आवश्यक बजेट लगायतको बिषयमा समेत बृहत छलफल भएको अध्यक्ष किस्कुले बताउनुभयो ।

कार्यक्रममा लुथरन सामुदायिक कल्याण समाजका संस्थापक अध्यक्ष जोसेफ सोरेन र पैरवी महासंघका सल्लाहकार बिनोद मुर्मु लगायतको उपस्थिति थियो । कार्यक्रममा शिवनारायण चौधरीले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु