विराटनगर । विराटनगर १३ मा निर्माण गरिएको संकटमोचन हनुमान मन्दिरमा मुर्ती स्थापना गरिएको छ ।

शास्त्रिय धार्मिक परम्परा अनुसार विधिविधान गर्दै सो मन्दिरमा भगवान हुनमानको मुर्ति स्थापना गरिएको छ । मंदिरमा राजस्थानबाट मगाइएको संगमरमरको साढे ५ फुटको भगवानको मुर्ति स्थापना गरिएको मन्दिर समितिका अध्यक्ष अमर झाले जानकारी दिनुभयो ।

मुर्ति स्थापनाका निम्ति गएको शनिवारबाट विविध धार्मिक कार्यक्रमहरु शुरु गरिएको थियो । पुर्वनिर्धारित तालिका अनुसार मुर्तिको प्राणप्रतिष्ठागरि स्थापना गरिएको झाले बताउनुभयो । विराटनगर १३ मा रहेको कोशी प्रोजेक्टको पुर्वी गेट नजिकै संकटमोचन मन्दिरको निर्माण गरिएको हो ।

सांसद विकास कोष,विराटनगर महानगरपालिका र स्थानियबासीको समेत लगानीमा ८० लाखमा त्यसठाउँमा मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरमा जेठ १४ बाट १८ गतेसम्मकालागि श्रीरामचरित मानस कथा प्रवचन समेत लगाइएको छ ।

यसअघि शनिवार कलशयात्रा समेत आयोजना गरिएको थियो ।

सम्बन्धित खबरहरु