कटहरी । कटहरी गाउँपालिकास्थित स्वर्गद्वारीघाटलाई थप ब्यवस्थित गरिने भएको छ ।

कटहरी गाउँपालिकाको पश्चिमी सिमाना भएर बग्ने सिंघीया खोला किनारमा रहेको सो मृत्यू संस्कारस्थललाई थप ब्यवस्थित गर्न लागिएको हो । सो ठाउँमा आज आयोजित बृक्षारोपण कार्यक्रममा सहभागि हुनुभएका गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले स्वर्गद्वारी घाटलाई ब्यवस्थित गरिने बताउनुभयो ।

उहाँले खोलामा आउने बाढीका कारण बर्षेनी घाटको जग्गा कटान हुने गरेकाले कटानबाट जोगाउन तटबन्धनका साथै दाहसंस्कारकालागि आवश्यक संरचनाको निर्माण गरेर थप ब्यवस्थित बनाईने बताउनभुयो । त्यसकालागि आवश्यकपर्ने बजेट गाउँपालिकाका साथै अन्य निकायबाट पहलगर्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।

कटहरी गाउँपालिकाको वडानम्बर १ मा पर्ने सो घाटलाई स्थानीयले २०५२ सालयता दाहसंस्कार स्थलकोरुपमा प्रयोग गर्दै आएका छन । उक्त घाटलाई कटहरीको महेशपुर,जमटोकी र झझौरा लगायतक्षेत्रका सर्वसाधारणले दाहसंस्कार स्थलकोरुपमा प्रयोग गर्दै आएका छन ।

साबिकमा त्यहाँ १३ कट्ठा जग्गा रहेपनि खोला कटानमा परेका कारण हाल ७ कट्ठा जग्गामात्र बांकी रहेको स्वर्गद्वारी घाटका अध्यक्ष पुष्पराज माझीले जानकारी दिनुभयो । घाटलाई खोला कटानबाट जोगाउन आईतबार २ सय ५० बढी विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिएको छ ।

सब डिभिजन बन कार्यालय कटहरीबाट बिरुवा ल्याएर बृक्षारोपण गरिएको अध्यक्ष माझीले बताउनुभयो । हालसम्म गाउँपालिकाको बजेटबाट घाटस्थलमा घेराबेरा र प्रदेशको बजेटबाट अधुरो तटबन्धनको काम भएको जनाइएको छ ।

सम्बन्धित खबरहरु