विराटनगर । विराटनगरमा सम्पन्न भएको पहिलो मिल्स अन्तर विद्यालय सितेरियो करांते प्रतियोगिताको उपाधि जेसी बाल सदन स्कुलले जितेको छ ।

रानी युवा क्लब विराटनगर १६ को आयोजना र मिल्स डोजो रानीको संयोजनमा शनिबार विराटनगरमा भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो । प्रतियोगिताको द्धितीय विराटनगरस्थित गोदावरी ईंङलिस बोर्डिङ स्कुल र तृतीय विराटनगरकै गौतम बुद्ध मेमोरियल ईङलिस स्कुल घोषित भएको छ ।

उत्कृष्ट खेलाडी छात्र गौतम बुद्धका जेनिश घतानी र छात्रातर्फ मिल्स माविका बन्दना चौधरी घोषित भइन् । प्रतियोगितामा विराटनगरका एक दर्जन बढी विद्यालयहरूबाट ६० भन्दा बढी करांतेका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको कार्यक्रम संयोजक रीना श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा २० केजी समूहदेखि ६० केजी भन्दा बढी तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो । ४० केजी समूहको प्रथम केशव साह, द्धितीय मिहाङ्ग देवान र तृतीय तेजस देव भएका थिए । यसैगरि अन्य विभिन्न तौल समूहमा प्रथम द्धितिय भएका थिए ।

प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरूले आकर्षक ट्रफि तथा मेडल प्राप्त गरे । बिजेता हुनेहरूलाई प्याब्सन मोरङका अध्यक्ष सितला सुब्बा, नगर प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, विराटनगर १६ का वडाअध्यक्ष उद्धब भुजेल, रानी युवा क्लब विराटनगरका अध्यक्ष संजिव सुब्बालगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सोही अवसरमा पुर्व करांते खेलाडी महेश श्रेष्ठलाई सम्मान गरिएको थियो । श्रेष्ठले करांते खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु