कटहरी । कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सितादेवी राजवंशी निर्वाचित हुनुभएको छ ।
मंगलबार राति १० बजे घोषित मत परिणाम अनुसार चौधरी ६५६५ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुभाषकुमार सरदारले ५६८२ मत हासिल गर्नुभयो । चौधरी ८८३ को मतान्तरसहित निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा निर्वाचित राजवंशीले ५८४८ मत हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मन्जिता कुमारी सरदारले ५७०५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका राजवंशी प्रतिस्पर्धी सरदार भन्दा १४३ मतको मतान्तर सहित निर्वाचित हुनुभएको हो ।
यस्तै गाउँपालिकामा प्रमुख पदकालागि उम्मेदवारी दिएका अन्य दलका उम्मेदवारहरु मध्ये माओबादी केन्द्रका किशोरकुमार पाण्डेले ३५३७,जसपाका मृत्यूञ्जयकुमार झाले ११८२,राप्रपाका ओमप्रकाश वैश्वले ६९०,लोसपाका विनोदकुमार मण्डलले १०७,जनमत पार्टीका संजयकुमार यादवले ७७,विवेकशील साझा पार्टीका राजाबाबु ठाकुरले ३० र स्वतन्त्र उम्मेदवार सोहनप्रसाद भगतले १४ मत हासिल गर्नुभयो ।
कटहरी गाउँपालिकाको वडानम्बर १,२,५,६ र ७ गरि चारवटा वडामा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन भने कटहरी ३ मा नेपाली काँग्रेस र ४ नम्बर वडामा जनता समाजबादी पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन ।