विराटनगर ३० चैत । लामो समयदेखी जग्गाको लालपुर्जा पाउन नसकेका सुकुम्बासीहरुले विराटनगरमा ‘नो लालपुर्जा नो भोंट’ को नारा घन्काएका छन ।

लालपुर्जा पाउन नसकेका सुकुम्बासीहरुले विराटनगरमा आज गरको प्रर्दशनको क्रममा ‘नो लालपुर्जा नो भोंट’ को नारा घन्काएका हुन । नेपाल बसोबास बस्ती संरक्षण समाज महानगर कमिटिको अगुवाईमा आज विराटनगरमा आयोजना गरिएको सुकम्बासी जागरण तथा खबरदारी कार्यक्रमगर्दै सुकुम्बासीहरुले प्रर्दशन गरेका हुन ।

सो क्रममा सुकुम्बासीहरुले स्थानिय शनिहाटबाट नाराबाजीगर्दै नगरक्षेत्रको विभिन्न भागमा प्रर्दशन गरेका थिए । शनिहाटबाट प्लेकार्ड र तुलब्यानर सहित अघि बढेका प्रर्दशनकारीले जिल्ला प्रशासनचोक,गोश्वारा रोड,गोल्छाचोकबाट मेनरोडा हुँदै महानगरपालिकाको कार्यालय सामुन्ने पुगेर प्रर्दशन गरेका थिए । सो क्रममा उनिहरुले ‘नो लालपुर्जा नो भोंट’ ‘बसोबासको आधारमा लालपुर्जा वितरण गर’,‘सुकुम्बासीलाई दुख दिन पाईदैन’, र ‘उधारोमा भोंट माग्ने प्रथाको अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।

विगतमा विभिन्न समयमा राजनितिक दलका नेताहरुले सुकुम्बासी समस्या समाधान गर्ने र लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएपनि त्यो पुरा नगरेको आयोजक संस्थाका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले यसपटक नो लालपुर्जा नो भोंटको नारासहित सुकुम्बासीको समस्था उठानगर्न बुधबार देशैभरि प्रदर्शन गरिएको जानकारी समेत दिनुभयो ।

देशभरिमा ७० लाख बढी सुकुम्बासी र ४० लाख मतदाता रहेको कार्कीले बताउनुभयो । विराटनगर महानगरपालिकामा भने २० हजार बढी घरधुरी सुकुम्बासी र ५० हजार मतदाता रहेको आयोजक संस्थाका नगर सचिव नेत्रप्रसाद चौलागाईले जानकारी दिनुभयो । प्रर्दशनपछि महानगरपालिकाको छेउमै कोणसभा समेत आयोजना गरिएको थियो ।

कोणसभामा आयोजक नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कार्की,केन्द्रीय सदस्य ईन्दिरा चौलागाई, महानगर कमिटिका अध्यक्ष हिराकाजी श्रेष्ठ लगायतले सुकुम्बासी समस्याका बिषयमा बोल्नुभयो ।

सम्बन्धित खबरहरु