विराटनगर ३० चैत । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीले जिल्ला प्रहरी कार्यालय प्रमुख, एसपी शान्तिराज कोईरालासंगको परिचयात्मक कार्यक्रम गरेको छ ।

सामुदायिकले आजबिहान तिनपैनीचोकमा नवबर्षको शुभकामना आदानप्रदान सहित एसपी कोईरालासंगको परिचयात्मक कार्यक्रम गरेको हो । सो अवसरमा आयोजक संस्थासहित विभिन्न संघसंस्थाका प्रतिनिधि र नागरीक समाजका अगुवाहरुले एसपी कोईरालालाई खादा सहित जिल्लामा स्वागत सम्मानगर्दै सफल कार्यकालको कामना गरेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै एसपी कोईरालाले समाजमा अमनचयन कायमगर्न प्रहरी र नागरीकबीचको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले नागरीकहरु समेत बिना बर्दीको प्रहरी भएको बताउनुहुँदै सोहि अवधारणा अनुसार सामुदायिक प्रहरी सेवा केन्द्रहरुले काम गरिरहेका बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र कंंचनबाडीका अध्यक्ष जगतप्रसाद दाहालले सामुदायिक सेवा केन्द्रहरुले समाजमा अपराध न्यूनिकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहँले जनचेतना अभिबृद्धिका साथै सामाजिक कार्यहरुमा समेत सेवाकेन्द्रहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

आयोजक संस्थाकी अध्यक्ष मिना जोशीले स्थानिय निर्वाचनको मिति नजिकिंदै गएको समयमा जिल्लाको नयाँ एसपीकोरुपमा कोईरालाको आगमन भएको बताउनुहुँदै उहाँको नेतृत्वमा शान्तिपुर्णरुपले निर्वाचन सम्पन्न हुने कुरामा विश्वास ब्यक्त गर्नुभयो ।

आयोजक संस्थाका उपाध्यक्ष विद्यानन्द माझी,सदस्य हिरा थापा मगर र नागरीक समाजका होमनाथ घिमिरे लगायतले एसपी कोईरालाको सफल कार्यकालको कामना गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता पंकज बर्मा,समाजसेवी नन्दकिशोर राठी,बिजय शर्मा,सन्तोष बाहेती,सरोज शर्मा तथा चैतु माझी लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु