विराटनगर २५ चैत । भारतको विभिन्न एक दर्जन बढी तिर्थस्थलहरुको धार्मिक यात्राका निम्ति श्रद्धालुहरुलाई आव्हान गरिएको छ ।
नेपाल तथा भारतका धर्मयात्रा संयोजकहरुले संयुक्तरुपमा धार्मिक यात्रामा सहभागि हुन आव्हान गरेका हुन । रिजर्भ रेलबाट धार्मिक यात्रीहरुलाई भारतका विभिन्न प्रसिद्ध धामहहरुको यात्रा गराईने जनाइएको छ ।
जेष्ठ ५ र ६ गतेबाट शुरुहुने तिर्थयात्राको क्रममा सहभागिलाई अयोध्या,वैष्णोदेवी,हरिद्वार,ऋषिकेश,द्वारिकाधीश,जगन्नाथपुरी,कन्या कुमारी,रामेश्वरम र सिरडी साईबाबा लगायतका धार्मिक तिर्थस्थलहरुको यात्रा गराईने आयोजक माँ अम्बे सेवा समितिका विराटनगर संयोजक विनोद साहले जानकारी दिनुभयो ।
१८ दिनको धार्मिक यात्राका निम्ति सहभागिले प्रतिब्यक्ती २५ हजार ७ सय ६० रुपैया खर्चिनु पर्नेछ । उक्त राशिमा तिर्थयात्रामा जाने सहभागिको यात्रा अवधिभरिको बिहानबेलुकाको खानाको शुल्क समेत संलग्न रहेको जनाइएको छ । नाफामुखी उद्धेश्य भन्दापनि धर्मरक्षाको उद्धेश्यसहित सेवामुलकरुपमा धार्मिक तीर्थयात्राको आयोजना गर्न लागिएको साहले बताउनुभयो ।
नेपालबाट धार्मिक यात्रामा तीर्थयात्रीहरुलाई सहभागि गराउन देशका विभिन्न शहर र गाउँहरुमागरि २७ जनालाई स्थानिय संयोजक तोकिएको छ । विराटनगरबाट यात्रामा सहभागि हुन चाहने तीर्थयात्रीहरुले रजिष्ट्रशनकानिम्ति विराटनगर–९ मा रहेको रामजानकी मन्दिर सामुन्नेको शिव सुन्दर ज्वेलर्समा विनोद साहलाई ९८००९५२४४४ मा सम्पर्क गर्न सक्नुहुने जनाइएको छ ।
यस्तै विर्तामोडमा विनोद तामाङलाई ९८२७९८७७३३, काकरभिट्टामा गेबिन्द गिरिलाई ९८४२६२३०६९, सिरहामा आनन्द साह ९८१३२६६८७० र सुनसरीको तरहरामा धर्मा देवी गिरिलाई ९८४२०३६४५२ सम्पर्क गर्नसकिने जनाइएको छ ।