विराटनगर १९ चैत । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत एक चिकित्सक शंकास्पद अवस्थामा मृत फेला परेका छन ।

सप्तरीको बिष्णुपुर गाउँपालिका खुरहुरिया घर भई नोबेल अस्पतालमा अर्थो डिपार्टमेन्टमा कार्यरत डाक्टर यादवको शव अस्पताल नजिकैको एक घरमा फेला परेको हो । उनि भाडामा बस्दै आएको सो घरको कम्पाउण्ड भित्र मुल गेट नजिकै पुर्वपश्चिम घोप्टो परेको अवस्थामा शव भेटिएको हो । शव भेटिएको घर नोबल अस्पताल सामुन्नेको नहरभन्दा पुर्वउत्तर तर्फ छ ।

२७ बर्षिय मृतक यादव बितेको ५ बर्षयता हाडजोर्नी तथा नशारोग विभागमा कार्यरत रहेको नोबेल अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो । चैत १८ गते कटहरी गाउँपालिकामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिवीरमा अस्पतालको तर्फबाट सहभागि भएका यादव साँझ ६ बजेपछि ड्युटी सकेर गएको बेला घटना भएको हुनसक्ने उहाँले बताउनुभयो ।

मृतक यादवको नाक र मुखबाट रगत बगेको देखिएको र एउटा खुट्टाको जुत्ता समेत कम्पाउण्ड बाहिरको सडकमा भेटिएको उहाँले बताउनुभयो । जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । शव भेटिएको स्थान भन्दा झण्डै सय मिटर वरिपरि विभिन्न स्थानमा रगतको टाटा र घिसारिएको जस्तो चिन्हरु फेला परेको छ ।

अनुसन्धानको क्रममा प्रहरीले घटनास्थल वरिपरि रहेको सिसि क्यामराका फुटेजहरुको समेत बिश्लेषण गरिरहेको छ । मृतक यादवको बुढीगंगा १ टंकीसिनवारीमा मामा घर छ ।

सम्बन्धित खबरहरु