विराटनगर ११ चैत । सुनसरीमोरङका कुष्ठ प्रभावित तथा बाढी पीडित परिवारलाई नयाँ घर निर्माणगरि हस्तान्तरण गरिएको छ ।

बितेको बर्षायाममा आएको बाढीका कारण घरहरुमा क्षतिपुगेका कुष्ठ प्रभावित परिवारलाई नयाँ घर निर्माणगरि हस्तान्तरण गरिएको हो । एशोसिएसन फर आईडिया नेपालको संयोजन तथा नेप्रा ईभि जर्मनीको सहयोगमा सुनसरी मोरङका ३ परिवारलाई २ कोठे पक्की घर निर्माणगरि हस्तान्तरण गरिएको छ ।

बुढीगंगा गाउँपालिकाको वडानम्बर १ पुष्पलालचोकको सिंघीया खोला किनारमा बस्दै आएका सुधा कामत,बेलबारी नगरपालिका वडानम्बर ६ मा बस्ने चन्द्रकला खवास र दुहबी नगरपालिका वडानम्बर १० का प्रमेश चौधरीलाई घर निर्माणगरि हस्तान्तरण गरिएको हो ।

शुक्रबार आयोजित कार्यक्रमकाबीच पीडित परिवारहरुलाई आईडिया नेपालको संयोजनमा निर्माण गरिएको घरहरु हस्तान्तरण गरिएको हो । बुढीगंगा १ पुष्पलाल चोकमा आयोजित कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र एशोसिएसन फर आईडिया नेपालका केन्द्रीय निर्देशक अमरबहादुर तिमल्सिनाले पीडित परिवारलाई घर हस्तान्तरण गर्नुभयो ।

एक त कुष्ठ प्रभावित त्यसमाथि केहि महिना अघि आएको बाढीका कारण उठिबास भएका पीडित परिवारहरुलाई प्रति परिवार ३ लाख बढीको लगानीमा २ कोठे पक्की घर निर्माणगरि हस्तान्तरण गरिएको आईडिया नेपालका केन्द्रीय निर्देशक तिमल्सिनाले बताउनुभयो ।

सो संस्थाले बाढीपीडित विराटनगर १६ का दिपक मण्डलको घर मर्मत गराउनुका साथै शौचालय निर्माण गराईदिएको छ भने बाढीकै कारण क्षति बेहोरेका बुढीगंगा २ का दुरुल देवी यादवलाई कुखुरा खोर मर्मत गराउनकुा साथै १ हजार कुखुराको चल्ला समेत उपलब्ध गराईदिएको परियोजना संयोजक देवेन्द्र डंगोलले बताउनुभयो ।

कुष्ठ प्रभावित बाढी पीडित परिवालाई लक्षितगरि १३ लाख २७ हजार ३ सयको लगानीमा घर निर्माण,मर्मत तथा सहयोग उपलब्ध गराइएको आयोजक संस्थाका महासचिव जयबिन्द कुमार यादवले बताउनुभयो ।

आइडिया नेपाल कुष्ठ प्रभावित ब्यक्तीहरुको उपचार र पुर्नस्थापनाकालागि काम गर्दै आएको छ ।

सम्बन्धित खबरहरु