विराटनगर ५ चैत । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजक मिल्स गोल्डकप फुटबल ट्रष्टले आ पत्रकार सम्मेलनगरि दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी अगाडी बढेको जानकारी गराएको छ । हप्तादिनसम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा गोधुली क्लब धरान, उर्लाबारी एघार मोरङ, गाईघाट एघार उदयपुर, साईनो स्पोर्टस क्बल विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एसपीएफ पकली र गोलबजार प्रतिभा फुटबल क्लब सिरहाको सहभागिता रहने संयोजक किशोर सुब्बाले जानकारी दिनुभयो ।

पहिलो दिन उदघाटन खेत चैत ११ गते गोधुली क्लब धरान सुनसरी र उर्लाबारी एघार मोरङ बिच प्रतिस्पर्धा हुने अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि बिजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछ । यस्तै उप बिजेताको पुरस्कार राशि नगद १ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघि प्रथम संस्करणमा बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यस पटक प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रूपैयाँ रहेको छ । यस्तै उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, नव उदयमान एक जना खेलाडीलाई २० हजारको पुरस्कार राशि निर्धारण गएिको छ । प्रशिक्षक, गोल किपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ राशि प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता सम्पन्नगर्न २५ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता संचालनगर्न किशोर सुब्बाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो ।

सम्बन्धित खबरहरु