बुढीगंगा ४ चैत । औद्योगिक प्रदुषण नियन्त्रणगर्न उद्योगिहरु नै उदासिन रहेको मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

बुढीगंगा गाउँपालिकाको सहयोग र सभ्य युवा समाज नेपालको आयोजनमा चैत १ बाट तिनदिसम्म संचालित औद्योगिक प्रदुषण न्युनिकरण अभियान तथा गोष्ठीका सहभागि वक्ताहरुले यस्तो बताएका हुन । टंकीसिनवारीस्थित नरग्राम माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको सो कार्यक्रममा सहभागिताकानिम्ति बुढीगंगा गाउँपालिकामा रहेका उद्योगिहरुलाई आमन्त्रण गरिएको भएपनि अधिकांश उद्योगिहरु अनुपस्थित भएका थिए ।

तिनदिने अभियान अन्र्तगत सहभागि उद्योगि,जनप्रतिनिधि र स्थानियलाई वातावरण विज्ञ बाट प्रशिक्षण दिने तथा प्रदुषण नियन्त्रणका निम्ति अवलम्बन गरिनुपर्ने उपायहरुका बिषयमा जानकारी गराउनेगरि कार्यक्रम राखिएपनि कार्यक्रममा अधिकांश उद्योगिहरुले सहभागिता जनाएन । यद्यपि मोरङ ब्यापार संघका दुईजना प्रतिनिधि भने सहभागि भएका थिए । कार्यक्रममा सहभागिताकानिम्ति आफुले पत्र काटेर उद्योगहरुमै पुगेर आमन्त्रण गरेपनि न्यून संख्यामा उद्योगिहरुले मात्र कार्यक्रममा सहभागिता जनाएको आयोजक सभ्य युवा समाज नेपालका अध्यक्ष सुनिल यादवले बताउनुभयो ।

कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले बुढीगंगा गाउँपालिका औद्योगिकक्षेत्रमै पर्ने भएकाले औद्योगिक प्रदुषणको समस्या भयावह रहेको बताउनुभयो । उहाँले उद्योगबाट निस्कने ध्वनी,हावा र पानी प्रदुषणका स्थानियमा चर्मरोग सहितका दिर्घ र भयानक रोगहरुको समस्या देखिएको बताउनुभयो । त्यसप्रकारका समस्याहरु समाधान गर्नकै लागि कार्यक्रम आयोजना गरिएको भएपनि उद्योगिहरुले वास्ता नगरेको उहाँको भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले औद्योगिक प्रदुषण नियन्त्रणगर्न गाउँपालिकाले बारम्बार पत्राचारगर ताकेदा गर्दा समेत उद्योगिहरुले वेवास्ता गरेको बताउनुभयो । आधुनिक उपकरणहरु जडान गरेर प्रदुषण न्युनिकरण गर्न सकिने भएपनि उद्योगिहरु नाफामुखी मात्र भएकोले समस्या सृजना भएको उहाँको भनाई थियो ।

सुनसरी मोरङ औद्योगिक करीडोरमापर्ने बुढीगंगा गाउँपालिकामा मात्र ७० बढी ठुला तथा साना उद्योगहरु रहेका छन ।

सम्बन्धित खबरहरु