विराटनगर २ चैत । औपचारिक रोजगारमा संलग्न अपाङता भएका ब्यक्तीहरुबीच विराटनगरमा अनुभव आदानप्रदान सहितको १ दिवसिय गोष्ठी कार्यक्रम गरिएको छ ।

अपाङता भएका ब्यक्तीहरुलाई रोजगार प्रर्बधनगर्न रोजगारदाता र लाभग्राहीबिच भुमिका खेल्दै आएको फाउण्ड परियोजना विराटनगर क्लस्टरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ३ दर्जन बढी लाभग्राहीहरु सहभागि भएका छन । सो अवसरमा बोल्दै लाभग्राही राधिका न्यौपानेले आफलाई सुनाई सम्बन्धि समस्या रहेकाले सांकेतिक भाषा मात्र बुझ्ने तर कार्यस्थलमा दोभाषेको ब्यवस्था नहुँदा समस्या झेल्नुपरेको बताउनुभयो ।

कार्यक्रमका सहभागि अन्य लाभग्राहीले रोजगार पाएपनि न्युन तलबमा काम गर्नुपरेको र भेदभाव सहनुपरेको गुनासो गरेका थिए । द लेप्रोसी मिशन नेपालले फाउण्ड परियोजना मार्फत प्रदेश १ मा अपाङता भएका ब्यक्तीहरुलाई रोजगार उपलब्ध गराउन उनिहरुलाई विभिन्न प्रकारको सिपमुल तालिम,प्रशिक्षण दिनुका साथै रोजगारदाता र अपाङता भएका ब्यक्तीबीच पुलको काम गर्दै आएको छ ।

हाल प्रदेश १ को मोरङ सुनसरीमा फाउण्ड परियोजना मार्फत ५ दर्जन अपाङता भएका ब्यक्तीहरुले रोजगार हासिल गर्न सफल भएको द लेप्रोसी मिसन नेपालका प्रदेश संयोजक विपिन दासले जानकारी दिनुभयो । गोष्ठीमा लाभग्राहीले उठाएका सवालहरुलाई रोजगारदातासंग समन्वयगरि सहजीकरण गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोजक संस्थाका ब्यवसाय बिकास अधिकृत भरत प्रसाद दाहाल र राष्ट्रिय अपाङ महासंघ प्रदेश एकका उपाध्यक्ष भिमा खतिवडाले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु