मोरङको बुढीगंगा गाउँपालिकामा औद्योगिक प्रदूषण न्यूनिकरण अभियान अन्र्तगत तिनदिने गोष्ठी शुरु भएको छ ।

बुढी गंगा गाउँपालिकाको सहयोग र सभ्य युवा समाजको आयोजनामा गोष्ठी शुरु भएको हो । गाउँपालिकाकी उपप्रमुख अमृता कुमारी गच्छदारले गोष्ठीको उदघाटन गर्नुभयो । ३ दिनसम्म चल्ने गोष्ठीमा आद्योगिक प्रदुषणका कारण सृजित समस्या र त्यसलाई न्यूनिकरणगर्न उद्योगि,स्थानिय जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि र प्रदुषणका कारण पीडितलाई समेत सहभागि गराएर सर्वपक्षिय छलफल हुने आयोजक संस्थाका अध्यक्ष लवकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले कार्यक्रममा सबै सरोकारवालाई सहभागि वातावरण विज्ञ मार्फत प्रशिक्षण समेत दिने कार्यक्रम समेत राखिएको बताउनुभयो । गोष्ठीको उदघाटन सत्रमा बोल्नुहुँदै नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सुशिल कोइराला,ट्रेड युनियन महिला विभाग अध्यक्ष झुमा निरौला गौतम र प्रकृति मानव केन्द्रीत जनअभियान नेपालका उपाध्यक्ष राजन केसी लगायतका वक्ताले सुनसरी मोरङ औद्योगिक करिडोरमा प्रदुषणका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेको बताउदै त्यसलाई ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष गच्छदारले औद्योगिक प्रदुषण न्यूनिकरणका निम्ति सबैको साझा जिम्मेवारी र पहल प्रयास आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित खबरहरु