विराटनगर २८ फागुन । विराट राजवंशी समुदायको कला संस्कृति प्रर्बधनगर्ने उद्धेश्यले विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला’ आयोजना गरिने भएको छ ।

चैत ५ देखी १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । मेला आयोजक विराट राजवंशी प्रगतिशिल विकास समाज समितिले शनिवार पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको छ । नगरक्षेत्रको वडानम्बर ५ त्रिमुर्तिचोक,जागृति टोलको खाली चौरमा मेला आयोजना गरिने आयोजक समितिले जनाएको छ । समुदायको भाषासंस्कृति,खानपान,कला र पहिरनको जर्गेना तथा अन्य समुदायलाई समेत जानकारी दिने उद्धेश्यले मेला आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले बताउनुभयो ।

मेलामा विराट राजवंशी समुदायको सांस्कृतिक धरोहरहरुको प्रर्दशन गरिनुका साथै बालबालिका तथा युवाहरुको मनोरंजनकालागि रोटेपिङ र झुला लगायतको ब्यवस्था समेत गरिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले बताउनुभयो । ११ दिनसम्म चल्ने मेलामा राजवंशी समुदायका कलाकारहरुको प्रस्तुतिका साथै राष्ट्रियस्तरका कलाकारहरुको दैनिक प्रस्तुति रहने आयोजक समितिका सचिव गोपी राजवंशीले बताउनुभयो ।

मेलामा सहभागिताका निम्ति सुगम पोखरेल,शिव परियार,प्रमोद खरेल,मेलिना राई,ज्योति मगर,कृष्ण लुईटेल,लाहुरे,डम्बर नेपाली,तक्मे बुढो र माग्ने बुढोसंग अनुबन्ध गरिसकिएको उहाँले बताउनुभयो । यस्तै गायक तथा संगितकार प्रबलदिप विश्वासको संयोजनमा स्थानिय तथा समुदायभित्रका कलाकारहरुको प्रस्तुति समेत रहने आयोजक समितिले जनाएको छ । मेलामा प्रर्दशनी तथा ब्यापारिक प्रयोजनका ६० वटा स्टलहरु रहने छन ।

मेलामा सहभागिताका निम्ति फरकफरक दरका टिकट ब्यवस्था गरिएको सदस्य दिनेश राजवंशीले बताउनुभयो । पत्रकार सम्मेलनमा आयोजक विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका उपाध्यक्ष ममता राजवंशी,सदस्य मार्कण्डेय राजवंशी सहित स्थानियको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु