विराटनगर २० फागुन । नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन हुनु भएको छ ।
पार्टीको प्रदेश कमिटिले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो । विश्वास पूर्वराज्यमन्त्री पनि हुन । माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गरेको छ । समन्वय समितिमा प्रदेश कमिटिले संयोजक तोक्ने व्यवस्था छ भने सचिबको निर्णय समन्वय समितिको बैठकले गर्ने पार्टीको प्रदेश कमिटिका सचिव गणेश उप्रेतीले जानकारी दिनुभयो । प्रदेश कमिटिले मोरङको सह–इन्चार्जहरुमा खेम भट्टराई, लालबहादुर सुस्लिङ,हेम कार्की, प्रेम मिभव लिम्बू र शुशिला घिमिरेलाई जिम्मेवारी दिएको छ ।

भट्टराईले संयोजकको दावीगर्दै आएकोमा सहइन्चार्जको जिम्मेवारी दिएको हो । जिल्ला इन्चार्ज भने केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय समितिले तोक्नेछ । प्रदेश कमिटिले सुनसरीको संयोजकमा पप्पु मण्डल र झापाको संयोजकमा राजु आचार्यलाई जिम्मेवारी दिएको छ । यस्तै मोहन टुडु झापा सचिब बनेका छन । झापाको सहइन्चार्जहरुमा सीपी कडरिया, बोधराज दाहाल, ज्योतिसिंह दर्लामी,पुरुषोत्तम चुडाल, पूर्णसिंह राजवंशी र रोशन कन्दङ्वा रहेका छन ।

प्रदेश कमिटिले प्रदेशको गौरभौगोलिक पार्टी कमिटिको संयोजकको जिम्मेवारी भानु मैनालीलाई दिएको छ । सो कमिटिको सहइन्चार्जहरुमा भुपाल सापकोटा गरिमा भट्टराई, ओपेन्द्र राय र शिखर कडरिया रहेका छन ।

सम्बन्धित खबरहरु