विराटनगर १८ फागुन । आउदो फागुन २४ गते विराटनगरमा महिलाहरुबीच ‘गर्ल्स ऑन व्हिल’ प्रतियोगिता आयोजनागर्न लागिएको छ । स्कुटी चालक महिलाहरुबीच मनोरंजनात्मक खेल खेलाउँदै यो प्रतियोगिता गर्न लागिएको हो ।

विराटनगर प्राईम राउण्ड टेबलले अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर तेश्रो संस्करणको रुपमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक समितिले पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको छ । कार्यक्रम अन्र्तगत स्कुटी चालक महिलाहरुबीच मनोरंजनात्मक प्रतियोगिता गराईने छ । एउटा स्कुटीमा २ जना महिला सवार भएर यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन । स्कुटिमा सवार प्रतियोगिहरुबीच प्रतिस्पर्धा गराईने भएपनि यो स्कुटी रेस प्रतियोगिता नभएको आयोजक समितिका सदस्य प्रकाश मुन्दडाले बताउनुभयो । यो कार्यक्रम मनोरंजनात्मक र उत्प्ररेणात्मक हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागि स्कुटि चालक प्रतियोगिहरुलाई आयोजक समितिले पठाउने विराटनगरका विभिन्न १० वटा स्थानमा पुगि, दिइएको संकेतको आधारमा टास्कहरु पुरा गर्नुपर्ने छ । प्रतियोगिहरुले महानगरपालिकाको २२ किलोमिटर क्षेत्रको दुरी पार गर्नुपर्नेछ सोहि बिचमा विभिन्न प्वाईन्टहरुमा मनोरंजनात्मक र बुद्धिमतापुर्ण खेलहरु खेलाईने छ । सोहि खेलहरुमा प्राप्त अंक तथा एक ठाउँबाट अर्को ठाउँ पुग्नकालागि निर्धारण गरिएको समय अनुसार ठीक समयमा पुग्दा प्राप्तहुने अंकका आधारमा बिजयी घोषणा गरिने अर्का सदस्य राकेश जैनले बताउनुभयो । प्राप्ताङ्कका आधारमा प्रतियोगीहरु मध्येबाट खेलको विजेता घोषणा गरिने आयोजक टीमका अध्यक्ष भबेस राठीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ४८ हजार मुल्य बराबरको ४० इन्चको टेलिभिजन पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । यस्तै दोश्रो र तेश्रो हुनेलाई क्रमशः ३० र २० हजार मुल्य बराबरको पुरस्कार प्रदान गरिने जनाइएको छ । सहभागिताकालागि १५ सय रुपैया दर्ता शुल्क राखिएको छ । प्रतियोगितामा सहभागि हुन आउने सबै प्रतियोगिलाई प्रायोजकहरुको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक समितिले जनाएको छ । सहभागिताकालागि विराटनगरको सेन्ट्रलबजार र डिजी स्टोर अथवा ९८१२३७३६१६ मा सम्पर्क गर्न सकिने छ ।

प्रतियोगितामा सहभागिताकानिम्ति सवारी चालक अनुमतिपत्र अनिवार्य गरिएको छ । मेनरोडमा रहेको जैन भवनबाट प्रतियोगिता शुरुहुने र सोहि ठाउँमा समापन हुनेछ । कार्यक्रमस्थल जैन भवनमा राष्ट्रियस्तरका गायक–गायिका र नृत्यांगनाहरुद्वारा मनोरंजनात्मक कार्यक्रम समेत प्रस्तुत हुने जनाइएको छ ।

सम्बन्धित खबरहरु